मणिपुरमा फेरि हिंसा सुरु, पाँच सर्वसाधारण र तीन सुरक्षाकर्मीको मृत्यु
इम्फाल । मणिपुरमा फेरि हिंसा सुरु भएको छ । बिहीबार र बुधबार राति भएको हिंसामा पाँच सर्वसाधारण र तीन सुरक्षाकर्मीको मृत्यु भएको हो ।
एक दिनअघि बुधबार बिहान टेङ्नौपालमा ‘सशस्त्र चरमपन्थी’ले गरेको आक्रमणमा दुई प्रहरीको मृत्यु भएको थियो भने ६ जना घाइते भएका थिए । दुई दिने हिंसामा सात जनाको मृत्यु भइसकेको छ ।
बिहीबार राज्यका धेरै ठाउँमा हिंसात्मक प्रदर्शन भएको थियो। राज्यमा विगत आठ महिनादेखि जारी हिंसा रोकिने सङ्केत देखिएको छैन ।
मणिपुर प्रहरीले भनेको छ, ‘जनवरी १८ मा विष्णुपुर जिल्लाको निङ्थौखोङ खा खुनोमा अज्ञात सशस्त्र चरमपन्थीहरूले चार सर्वसाधारणको हत्या गरेका छन् । घटनाको अनुसन्धान जारी रहेको र दोषीलाई पक्राउ गर्ने प्रयास भइरहेको छ ।’ यो ट्विटको केही समयपछि मणिपुर प्रहरीले अर्का नागरिकको हत्या भएको जनाएको छ ।
यसअघि १७ जनवरीमा मणिपुर पुलिसले चरमपन्थीहरूले योजनाबमोजिम सुरक्षा बलहरूमाथि आक्रमण गरेको बताएको थियो । जसमा मणिपुर राइफल्सका एक जवान, मणिपुर पुलिसको आईआरबी फोर्सका एक जवान र भारतीय रिजर्भ बटालियनका एक जवानसहित कुल तीन सुरक्षाकर्मीहरू मारिएका थिए।
गत वर्ष मे महिनादेखि मणिपुरमा बहुसङ्ख्यक मेइती समुदाय र आदिवासी कुकी(जो समुदायबिच जातीय हिंसा भइरहेको छ। पछिल्लो आठ महिनामा कम्तीमा २०० जनाको मृत्यु भएको छ भने ५० हजारभन्दा बढी विस्थापित भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिमालयन ट्राभल मार्ट २०२६ काठमाडौँमा सम्पन्न
-
इरानसँगको युद्धका क्रममा अजरबैजानमा इजरायलले गरेको थियो गोप्य सेना तैनाथ
-
‘ऐँजेरु’को संज्ञा दिँदै धवलशमशेरमाथि खनिए राजेन्द्र लिङ्देन
-
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
-
रास्वपाद्वारा वडामा ६३ र पालिकामा ६८ प्रतिशत अधिवेशन सम्पन्न (विवरणसहित)
-
स्ववियुको प्रतिनिधित्व हटाउने अध्यादेशविरुद्धको रिटमा सर्वोच्चको अन्तरिम आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण