नगर प्रमुखले नै सहिदको सालिक हटाएपछि...
विराटनगर । सहिद स्मृति प्रतिष्ठानले पार्क निर्माण गरी मोरङको लेटाङ–४ मा राखेको सहिद हरि भट्टराईको सालिक नगरपालिकाले हटाएको छ । नगरप्रमुख भूपेन्द्र लावतीको आदेशमा नगर प्रहरीले सालिक हटाएर निर्माणस्थलमा तोडफोड गरेको हो ।
१० वर्षे जनयुद्धको समयमा सहिद भएका भट्टराईको सालिक निर्माण गरिएको थियो । लेटाङबाट त्यसबेला १६ जनाले ज्यान गुमाएका थिए । जसमा ईश्वर ढुंगाना (प्रभात), हरि भट्टराई (परिवर्तन), डम्बर चेम्जोङ (अजम्बर) पुष्प भट्टराई (बादल), मेनुका चेम्जोङ (नमुना), डिल्ली पौडेल (दिलीप)लगायतको सालिकसहित पार्क बनाउने काम प्रतिष्ठानले सुरु गरेको थियो ।
तर, सालिक राखेको केही दिनमै नगरप्रमुख लावतीले नगरप्रहरी लगाएर हटाएको र निर्माणस्थलमा तोडफोड गरेको माओवादी केन्द्रले जनाएको छ ।
सहिद स्मृति प्रतिष्ठान लेटाङका अध्यक्ष कृष्ण लम्साल (अनन्त) ले सालिक हटाएर बहादुरी देखाएको भन्दै त्यसका परिणाम ठिक नहुने चेतावनी दिएका छन् । उनले सयौँ संघसंस्थाले जग्गा अतिक्रमण गर्दा मौन रहने प्रमुख लावतीले सहिद पार्कमा गिद्धे नजर लगाएको आरोप लगाए ।
यसैबिच माओवादी केन्द्रले लेटाङ नगरपालिकाका नगरप्रमुख भूपेन्द्र लावतीको कार्यकक्षमा तालाबन्दी गरेको छ । सहिदका सालिक हटाउन लगाएको विरोधमा माओवादीले तालाबन्दी गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण