अन्तर्राष्ट्रिय मञ्चमा नेपाली हिमालको पानी र विद्युत् उत्पादनमा निर्वाण चौधरीको जोड
काठमाडौँ । नेपाली अर्बपति विनोद चौधरीका छोरा निर्वाण चौधरीले पहिलोपटक विश्व आर्थिक मञ्चको प्यानलमा नेपालको जलस्रोत र विश्वमा यसको महत्वका विषयमा प्रकाश पारेका छन् । बिहीबार राती स्विटजरल्याण्डको डाभोसमा आयोजित मञ्चको मुख्य प्यानलमा चौधरीले उक्त विषयमा बोलेका हुन् ।
उक्त संवादका क्रममा हिमालय क्षेत्रका पानी र बिजुली उत्पादनको विषयलाई मुख्य जोड दिइएको थियो । उद्योगपति चौधरीले नेपालको हिमालय क्षेत्रको पानीले संसारका करिब दुई अर्ब मानिसलाई जीवन दिन सक्ने भन्दै संसारको ध्यान नेपालतर्फ मोडेका थिए ।
‘विश्वभरी पानीको संकट बढिरहेको छ, त्यस सन्दर्भमा नेपालको हिमालय क्षेत्रमा रहेको रिजर्भ पानीको सदुपयोग गर्ने हो भने विश्वका करिब २ अर्ब मानिसलाई पानी दिलाउन सकिन्छ,’ उनले उक्त फोरममा भने, ‘नेपालमा झन्डै १ लाख मेघावट बिजुली उत्पादन गर्न सकिनेछ तर हामी अहिले २–३ हजार मेघावाट मात्रै उत्पादन गरिरहेका छौं, यसमा लगानी बढाउन पनि सकिन्छ ।’
दक्षिण एसियाका देशहरूमा बिजुली बेच्न सकिने देखी त्यहाँ रहेको जनसंख्याको ठुलो हिस्सालाई मध्यनजर गरेर बजार बिस्तार गर्न सकिने सम्भावनाका बारेमा पनि चौधरीले जोड दिएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण