बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

आहा रारा गोल्डकप : उद्घाटन खेलमा आयोजक र थ्रि स्टार भिड्ने

शुक्रबार, ०५ माघ २०८०, २३ : ०३
शुक्रबार, ०५ माघ २०८०

पोखरा । पोखरामा माघ ९ देखि सुरु हुने २३ ओैं आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेल आयोजक र थ्रि स्टारबीच हुने भएको छ । क्लबले सार्वजनिक गरेको टाइसिट अनुसार पहिलो दिन आयोजक सहारा क्लबले थ्रि स्टारको सामना गर्ने भएको हो ।

दोस्रो दिन माघ १० मा विभागीय त्रिभुवन आर्मी फुटबल क्लब र राइजिङ स्टार फुटबल क्लब तथा माघ ११ मा मछिन्द्र र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । माघ १२ मा विभागीय नेपाल एपीएफ फुटबल क्लब र नेपाल पुलिस क्लब आमनेसामने हुने छन् ।

भारतको दिल्ली फुटबल क्लब नआउने भएपछि पहिलो चरणको अन्तिम खेलमा विभागीय एपिएफलाई स्थान दिइएको आयोजकले जनाएको छ । साविक विजेता संकटा, भुटानको पारो फुटबल क्लब, मनाङ मर्स्याङ्दी र चर्च ब्वाइज युनाइटले सिधैं क्वाटरफाइनल खेल्ने छन् ।

१२ टिमले भाग लिएको प्रतियोगिताको समूह ‘ए’ मा आयोजकसहित भुटान, थ्रि स्टार, मच्छिन्द्र, जावलाखेल युथ र मनाङ मर्स्याङ्दी छन् । सहारा क्लब पोखरा आयोजनामा हुने प्रतियोगिताको फाइनल २० गते हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप