आहा रारा गोल्डकप : उद्घाटन खेलमा आयोजक र थ्रि स्टार भिड्ने
पोखरा । पोखरामा माघ ९ देखि सुरु हुने २३ ओैं आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेल आयोजक र थ्रि स्टारबीच हुने भएको छ । क्लबले सार्वजनिक गरेको टाइसिट अनुसार पहिलो दिन आयोजक सहारा क्लबले थ्रि स्टारको सामना गर्ने भएको हो ।
दोस्रो दिन माघ १० मा विभागीय त्रिभुवन आर्मी फुटबल क्लब र राइजिङ स्टार फुटबल क्लब तथा माघ ११ मा मछिन्द्र र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । माघ १२ मा विभागीय नेपाल एपीएफ फुटबल क्लब र नेपाल पुलिस क्लब आमनेसामने हुने छन् ।
भारतको दिल्ली फुटबल क्लब नआउने भएपछि पहिलो चरणको अन्तिम खेलमा विभागीय एपिएफलाई स्थान दिइएको आयोजकले जनाएको छ । साविक विजेता संकटा, भुटानको पारो फुटबल क्लब, मनाङ मर्स्याङ्दी र चर्च ब्वाइज युनाइटले सिधैं क्वाटरफाइनल खेल्ने छन् ।
१२ टिमले भाग लिएको प्रतियोगिताको समूह ‘ए’ मा आयोजकसहित भुटान, थ्रि स्टार, मच्छिन्द्र, जावलाखेल युथ र मनाङ मर्स्याङ्दी छन् । सहारा क्लब पोखरा आयोजनामा हुने प्रतियोगिताको फाइनल २० गते हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण