कविता
कविता : गोरुजुधाइ
शनिबार, ०६ माघ २०८०, १३ : २०
बुझ्दो न सुझ्दो
भेट्यो जुझ्दो
भित्तो देख्यो कि
सिँगौरी खेल्ने
निर्धो देख्यो कि
भित्तैमा पेल्ने
न घिउ–चाकु न तरुल
माघे सङ्क्रान्ति मान्ने
न्वारनका बलले
घुमेर चोरी हान्ने
जुरे साँढे सुम्लेको
उग्र मैमत्ता उम्लेको ।
स्वाभिमानको सिङ
हुँदै नभएको तिखे
मालिकले कस् भने
ऊ कम्मर कस्छ
बुढो भइसक्यो ऊ
गाई ओगटेर बस्छ ।
दाम्लो खुल्यो कि
अरुका लागि जुधिदिने
उज्यालो भयो कि
पुच्छर उचाली कुदिदिने
गोरुहरू पनि त आखिर
हामीजस्तै मान्छे नै हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण