लघुकथा : चोखो पानी
‘जातीय भेदभाव चाहिँदैन । अपमान गर्न पाइँदैन ।’ नारी दिवसका दिन रामकुमारीले घोक्रो फुलाउँदै नारा लगाइन् । झन्डा बोकेर पछिपछि लाग्नेले पनि सँगसँगै फलाके, ‘...चाहिँदैन, चाहिँदैन । ...पाइँदैन, पाइँदैन ।’
रामकुमारीले भाषणमा समेत भन्न भ्याइन्, ‘अहिले हाम्रो समाजमा कुरीति, अन्धविश्वास, सङ्कीर्णताले जरो गाडेको छ । तपाईं हामी सबै मिलेर यो बेथितिको जालो फाल्नुपर्छ ।’
सुन्तली परियारलाई आश्चर्य र खुसी पनि लाग्यो । छिमेकी बाहुनीदिदीले त गजबै बोल्दिरहिछन् । राति निद्रा नलागुन्जेल उनकै नारा र भाषण सुन्तलीका कानमा गुन्जिरह्यो ।
राति धेरैबेरसम्म के के सोचेर सुन्तली सुतिरहिन् । बिहान उठ्दा ढिलो भएछ । हत्त न पत्त उठेर गाग्री लिएर सार्वजनिक धारामा पानी थाप्न गइन् । रामकुमारी पनि पानी थाप्दै रहिछन् । रामकुमारीलाई देखेर सुन्तलीले मुसुक्क हाँस्दै भनिन्, ‘ए, दिदी पनि पानी थाप्न आउनुभएको रहेछ ।’
रामकुमारी भन्दै थिइन्, ‘अँ त नि, बरु एकछिन यता नआइज है सुन्तली ?’
‘किन त नि दिदी ?’ सुन्तलीले अरु प्रश्न सोध्न भ्याउँदानभ्याउँदै काखीमा पानीको गाग्री च्याँप्दै रामकुमारीले भनिन्, ‘बिहान पूजा गर्न चोखो पानी चाहिएथ्यो र आएकी म त । गएँ है ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण