लघुकथा : चोखो पानी
‘जातीय भेदभाव चाहिँदैन । अपमान गर्न पाइँदैन ।’ नारी दिवसका दिन रामकुमारीले घोक्रो फुलाउँदै नारा लगाइन् । झन्डा बोकेर पछिपछि लाग्नेले पनि सँगसँगै फलाके, ‘...चाहिँदैन, चाहिँदैन । ...पाइँदैन, पाइँदैन ।’
रामकुमारीले भाषणमा समेत भन्न भ्याइन्, ‘अहिले हाम्रो समाजमा कुरीति, अन्धविश्वास, सङ्कीर्णताले जरो गाडेको छ । तपाईं हामी सबै मिलेर यो बेथितिको जालो फाल्नुपर्छ ।’
सुन्तली परियारलाई आश्चर्य र खुसी पनि लाग्यो । छिमेकी बाहुनीदिदीले त गजबै बोल्दिरहिछन् । राति निद्रा नलागुन्जेल उनकै नारा र भाषण सुन्तलीका कानमा गुन्जिरह्यो ।
राति धेरैबेरसम्म के के सोचेर सुन्तली सुतिरहिन् । बिहान उठ्दा ढिलो भएछ । हत्त न पत्त उठेर गाग्री लिएर सार्वजनिक धारामा पानी थाप्न गइन् । रामकुमारी पनि पानी थाप्दै रहिछन् । रामकुमारीलाई देखेर सुन्तलीले मुसुक्क हाँस्दै भनिन्, ‘ए, दिदी पनि पानी थाप्न आउनुभएको रहेछ ।’
रामकुमारी भन्दै थिइन्, ‘अँ त नि, बरु एकछिन यता नआइज है सुन्तली ?’
‘किन त नि दिदी ?’ सुन्तलीले अरु प्रश्न सोध्न भ्याउँदानभ्याउँदै काखीमा पानीको गाग्री च्याँप्दै रामकुमारीले भनिन्, ‘बिहान पूजा गर्न चोखो पानी चाहिएथ्यो र आएकी म त । गएँ है ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तिलगंगाबासी भन्छन् – ‘हामी सुकुमबासी होइनौँ, राज्यले अधिकार हनन् गर्यो’
-
बाराको त्रिवेणी मिल्समा लागेको आगो नियन्त्रणमा
-
नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँ : अर्थमन्त्री वाग्ले
-
सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग
-
परीक्षामा बरामद गरिएका ४९६ थान मोबाइल नष्ट, के भन्छ सिरहा प्रहरी ?
-
इजरायली हवाई आक्रमणमा ४ जनाको मृत्यु, लेबनान युद्धविराम सम्झौता सङ्कटमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण