एनआरएनएद्वारा नेपाल क्रिकेट संघका पदाधिकारीलाई सम्मान
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीलाई सम्मान गरेको छ । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष डा. बद्री केसी, उपाध्यक्ष रोजिना थापा राईलगायत पदाधिकारीले टी–२० विश्वकप २०२४ क्रिकेट प्रतियोगितामा छनौट भएकोमा बधाई ज्ञापन गर्दै क्यानका पदाधिकारीलाई सम्मान गरेको हो ।
क्यानका सचिव पारस खड्का, व्यवस्थापक एवं पूर्वकप्तान विनोद दास, कार्यकारी सदस्य सुदीप शर्मालगायत उपस्थित पदाधिकारीलाई एनआएरएनले सम्मान गरेको थियो । कार्यक्रममा एनआरएनए अध्यक्ष बद्री केसीले नेपाललाई चिनाउने क्यानसँग सहकार्य गर्न पाउँदा उत्साहित भएको बताए । उनले खेलकुदमा ठुलो लगानी आवश्यक रहेको बताए ।
नेपालमा खेलाडी बन्ने रहर भएका खेलाडी जबरजस्ती खेलाडी बनेर आफैँ व्यवस्थापन गर्नुपर्ने विडम्बना रहेको जिकिर गरे । उनले ७० लाख नेपाली एकजुट हुने हो भने सस्टिनेबल पूर्वाधार बनाउन सक्ने बताए । अध्यक्ष केसीले सबै मिलेर खेल क्षेत्रको विकास र बिस्तारमा लाग्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
-
नुनपानीले अनुहार धुँदा छालालाई फाइदा गर्छ वा बेफाइदा ?
-
क्रिस्टियानो रोनाल्डोको विश्वकपबाट बिदाइपछि पोर्चुगललाई अर्बौँ डलरको आर्थिक झट्काको चेतावनी
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण