नेपाली क्रिकेटको विकास गर्न ग्रासरुट प्राथामिकतामा राख्नुपर्छ : पारस खड्का

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले नेपाली क्रिकेटको विकासका लागि प्रदेश र जिल्ला तहका टोलीलाई पनि बलियो बनाउनुपर्ने बताएका छन् । गैरआवासीय नेपाल संघ (एनआरएनए) ले क्यानका पदाधिकारीलाई सम्मान गरेको अवसरमा पूर्वकप्तानसमेत रहेका पारसले प्रदेश र जिल्ला तहका टोलीलाई बलियो बनाउनुपर्ने आवश्यकता औँल्याएका हुन् ।
त्यसका लागि ग्रासरुट क्रिकेटलाई प्राथमिकतामा राख्नुपर्ने उनको बुझाइ छ । साथै पारसले क्यान समक्ष धेरै चुनौतीहरू रहेको उल्लेख समेत गरेका छन् । नेपाल क्रिकेटका संरचनालाई बलियो बनाउनु काम गरिरहेको बताउँदै पूर्वक्रिकेटर खड्काले नेपाली क्रिकेट अबका दिनमा धेरै नै माथि पुग्नेसमेत विश्वास व्यक्त गरे ।
उनले खेलको जित मात्रै नभई क्रिकेट कल्चरलाई विकास गर्नुपर्ने धारणा राखे । थोरै लगानीबाट पनि नेपालले धेरै राम्रो गर्दै यहाँसम्म आइपुगेको उनको भनाई छ । खड्काले विश्वभर बस्ने मानिसलाई खेलसँग जोड्न आवश्यक रहेको समेत औँल्याए ।
अर्का पूर्वकप्तान तथा क्यानका क्रिकेट म्यानेजर विनोद दासले अहिलेसम्म नेपालसँग राम्रो अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान नरहनु दुःखद पक्ष रहेको उल्लेख गर्दै एनआरएनएले खुला मनले सहयोग गरेमा नेपाली क्रिकेट उचाइमा पुग्न सहयोग मिल्ने धारणा राखे ।
सो कार्यक्रममा एनआरएनएले ट्वान्टी–२० विश्वकपमा सहभागी नेपाली क्रिकेट खेलाडीहरूको सहयोगको लागि क्यानलाई हौसला स्वरूप १० लाख रुपैयाँ सहयोग पनि गरेको छ । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष डा. बद्री केसी, उपाध्यक्ष रोजिना थापा राईलगायत पदाधिकारीले ट्वान्टी–२० विश्वकप क्रिकेट २०२४ मा छनोट भएकोमा बधाई ज्ञापन गर्दै क्यानका पदाधिकारीलाई सम्मान गरेका हुन् ।
क्यानका सचिव पारस, पूर्वकप्तान विनोद, क्यानका सदस्य सुदिप शर्मालगायत उपस्थित पदाधिकारीलाई एनआएरएनले सम्मान गरेको थियो । एनआरएनएका सचिव पारसमणि पोखरेलले क्यानका सचिव खड्कालाई टोकन अफ लभ दिएका थिए ।
T20I Tri-Series in Scotland, 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपद् जोखिम न्यूनीकरणको तयारीमा लाग्न प्रचण्डको आग्रह
-
इजरायल - इरान युद्ध : नेपालीहरूको सुरक्षा र उद्धारका विषयमा छलफल
-
बीपी राजमार्गमा रातिको समयमा सवारी चलाउन रोक
-
नेपालीहरूको उद्धार गर्न परराष्ट्र मन्त्रालयमा युनिट बनाइने
-
ढुण्डिराज लोकतन्त्रमा जनता अधिकार सम्पन्न बन्नुपर्छ भन्ने मान्यता राख्ने नेता हुनुहुन्थ्याे : राष्ट्रपति
-
ललितपुर महानगरले कलेज अफ आर्ट स्थापना गर्ने