न्युजिल्यान्डविरुद्ध पाकिस्तानको सान्त्वना जित
काठमाडौँ । न्युजिल्यान्डविरुद्धको पाँचौँ तथा अन्तिम टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा भ्रमणकारी टोली पाकिस्तानले सान्त्वना जित हासिल गरेको छ । क्राइस्ट चर्चमा आइतबार खेलिएको पाँचौँ खेलमा पाकिस्तानले घरेलु टोली न्युजिल्यान्डलाई ४२ रनले पराजित गरेको हो ।
पाँच खेलमा टी–२० खेल भने न्युजिल्यान्डले ४–१ ले जितेको छ । यसअघि खेलिएका चारवटै खेलमा न्युजिल्यान्डले सफलता हात पारेको थियो । पाँचौँ खेलमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको पाकिस्तानले निर्धारित ओभरमा आठ विकेट गुमाएर एक सय ३४ रन बनाएको थियो ।
जवाफी ब्याटिङमा ओर्लिएको न्युजिल्यान्डले भने १७.२ ओभरमै अलआउट हुनुअघि ९२ रनमात्र बनाउन सक्यो । पहिले ब्याटिङ गरेको पाकिस्तानका लागि ओपनर मोहम्मद रिजवानले ३८ रनको योगदान गरे । उनले ३८ बलकै सामना गरी चार चौका पनि हिर्काए ।
फाखर जामनले पनि टोलीको खातामा ३३ रन थपे । आक्रामक रुपमा प्रस्तुत भएका उनले केवल १६ बलको सामना गरी चार छक्का र एक चौका हिर्काए । साहिबजादा फरहानले टोलीको खातामा १९ रन थपे । अब्बास अफरिदी १४ रनमा अविजित रहे । बाबर आजमले पनि १३ रन बनाए ।
किविज बलर टिम साउथी, म्याट हेनरी, लोकी फर्गुसन र इश सोढीले दुई–दुई विकेट लिए । जवाफी ब्याटिङ गरेको न्युजिल्यान्डका लागि ग्लेन फिलिप्सले सर्वाधिक २६ रन बनाए । ओपनर फिन एलनले पनि २२ रन बनाए ।
न्युजिल्यान्डले अतिरिक्त रुपमा एक रनमात्र पाएको थियो । पाकिस्तानका बलर इफ्तिखार अहमदले तीन तथा साहिन शाह अफरिदी र मोहम्मद नवाजले पनि दुई–दुई विकेट हात पारे । जामन खान र उसमा मिरले पनि एक–एक विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण