समाचार
सडक निर्माण र सुरक्षाबारे छलफल गर्न सातै प्रदेशका यातायात मन्त्री काठमाडौँमा
आइतबार, ०७ माघ २०८०, ११ : २६
काठमाडौँ । सडक सुरक्षा र निर्माणमा भइरहेको प्रगतिबारे भौतिक मन्त्री प्रकाश ज्वालाले सातै प्रदेशका यातायात मन्त्री र सरोकारवालाहरूसँग छलफल गर्ने भएका छन् ।
त्यसका लागि मन्त्री ज्वालाले आइतबार सातै प्रदेशका यातायात मन्त्री, सचिव, यातायात व्यवस्था विभागका महानिर्देशकलगायत सरोकारवालासँग छलफल गर्ने तयारी गरेका हुन् ।
सिंहदरबारस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा दिउँसो एक बजे छलफलको आयोजना गरिएको भौतिक पूर्वाधार मन्त्री ज्वालाको सचिवालयले जनाएको छ ।
पछिल्ला दिनमा मन्त्री ज्वालाले विभिन्न जिल्लाका निर्माणाधीन सडक तथा आयोजनाहरूको स्थलगत अनुगमन गर्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण