१९ वर्षीया अमेरिकी किशोरी अस्ट्रेलियन ओपनको अन्तिम आठमा

काठमाडौँ । अमेरिकी खेलाडी कोको गौफ अस्ट्रेलियन ओपन टेनिस प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेकी छन् । मेलबर्नमा आइतबार खेलिएको महिला एकलतर्फको चौथो चरणको खेलमा १९ वर्षीया कोकोले पोल्यान्डकी २६ वर्षीया म्याग्दालिना फ्रेचलाई ६–१, ६–२ को सोझो सेटमा पराजित गरेकी हुन् ।
कोकोले यसअघि पनि ग्रान्डस्लाम प्रतियोगिताको उपाधि चुमिसकेकी छन् । उनले सन् २०२३ मा यूएस ओपनको उपाधि जितेकी थिइन् । गौफले अन्य तीन ग्रान्डस्लाम प्रतियोगिताको उपाधि भने जित्न सकेकी छैनन् ।
उनी पहिलो पटक अस्ट्रेलियन ओपनको क्वार्टरफाइनलमा पुगेकी हुन् । सन् २०२२ मा फ्रेन्च ओपनको फाइनलसम्म पुगेकी अमेरिकी किशोरी कोको गौफ विम्बल्डनमा भने चौथो चरणभन्दा अगाडि बढ्न सकेकी छैनन् ।
यसैगरी बेलारुसकी प्रभावशाली खेलाडी आर्यना साबालेन्का पनि महिला एकलतर्फको क्वार्टरफाइनलमा प्रवेश गरेकी छन् । उनी चौथो चरणको खेलमा अमेरिकी प्रतिद्वन्द्वी अमान्डा एनिसिमोभालाई ६–३, ६–२ अंकले पराजित गर्दै क्वार्टरफाइनलमा पुगेकी हुन् । हाल दोस्रो वरीयतामा रहेकी आर्यना अस्ट्रेलियन ओपनको साबिक विजेता पनि हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सभामुख घिमिरे र तीन दलका प्रमुख सचेतकबिच छलफल सुरु
-
मस्तिष्क ट्युमरबाट बच्ने ६ उपाय
-
सुनकोसीमा डुबेर एकजनाको मृत्यु
-
सभामुख घिमिरले तीन दलका प्रमुख सचेतकहरुसँग छलफल गर्ने
-
त्रिविले फास्ट ट्र्याकबाट कसरी नियुक्त गर्दैछ १३० जना प्रोफेसर ?
-
सुदूरपश्चिम प्रदेशमा सांसदहरूका लागि २ अर्ब २३ करोड विनियोजनको तयारी