१९ वर्षीया अमेरिकी किशोरी अस्ट्रेलियन ओपनको अन्तिम आठमा
काठमाडौँ । अमेरिकी खेलाडी कोको गौफ अस्ट्रेलियन ओपन टेनिस प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेकी छन् । मेलबर्नमा आइतबार खेलिएको महिला एकलतर्फको चौथो चरणको खेलमा १९ वर्षीया कोकोले पोल्यान्डकी २६ वर्षीया म्याग्दालिना फ्रेचलाई ६–१, ६–२ को सोझो सेटमा पराजित गरेकी हुन् ।
कोकोले यसअघि पनि ग्रान्डस्लाम प्रतियोगिताको उपाधि चुमिसकेकी छन् । उनले सन् २०२३ मा यूएस ओपनको उपाधि जितेकी थिइन् । गौफले अन्य तीन ग्रान्डस्लाम प्रतियोगिताको उपाधि भने जित्न सकेकी छैनन् ।
उनी पहिलो पटक अस्ट्रेलियन ओपनको क्वार्टरफाइनलमा पुगेकी हुन् । सन् २०२२ मा फ्रेन्च ओपनको फाइनलसम्म पुगेकी अमेरिकी किशोरी कोको गौफ विम्बल्डनमा भने चौथो चरणभन्दा अगाडि बढ्न सकेकी छैनन् ।
यसैगरी बेलारुसकी प्रभावशाली खेलाडी आर्यना साबालेन्का पनि महिला एकलतर्फको क्वार्टरफाइनलमा प्रवेश गरेकी छन् । उनी चौथो चरणको खेलमा अमेरिकी प्रतिद्वन्द्वी अमान्डा एनिसिमोभालाई ६–३, ६–२ अंकले पराजित गर्दै क्वार्टरफाइनलमा पुगेकी हुन् । हाल दोस्रो वरीयतामा रहेकी आर्यना अस्ट्रेलियन ओपनको साबिक विजेता पनि हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण