शाहरुख खान र रोहित शेट्टीबिच मनमुटाव ?
नयाँ दिल्ली । फिल्म निर्माता रोहित शेट्टी मसालेदार र एक्सन फिल्मका लागि चर्चित छन् । उनको गोलमाल फ्रेन्चाइजी निकै लोकप्रिय छ । यसको चारवटा फिल्म आइसकेको छ । रोहितले अजय देवगनदेखि अक्षय कुमार र शाहरुख खानसम्म सबै फिल्म स्टारहरूसँग काम गरिसकेका छन् ।
यतिबेला एमाजन प्राइममा रोहितको ‘इन्डियन पुलिस फोर्स’ वेबसिरिज स्ट्रिम भइरहेको छ । हालै एक अन्तर्वार्तामा रोहितले शाहरुख खानसँग मनमुटाबको हल्लाबारे आफ्नो मौनता तोडेका थिए ।
रोहितले शाहरुसँग ‘चेन्नई एक्सप्रेस’ बनाएका थिए । सन् २०१३ मा रिलिज भएको यो फिल्म बक्स अफिसमा सुपरहिट साबित भयो । फिल्ममा शाहरुखको हिरोइनका रूपमा दीपिका पादुकोण थिइन् । दुवैले सन् २०१५ मा रिलिज भएको फिल्म ‘दिलवाले’मा पनि सँगै काम गरे । त्यो फिल्मयता शाहरुख र रोहितले फेरि अरू फिल्ममा सँगै काम गरेका छैनन् । यस्तोमा दुईबिचको सम्बन्ध राम्रो नभएको अफवाह चल्नु स्वाभाविक नै हो ।
रोहितले हालै शाहरुखसँग काम गर्न नपाउनुको कारण बताएका छन् । द लल्लनटपसँगको एक अन्तर्वार्तामा रोहितलाई उनी र शाहरुख खानबिच केही मनमुटाव चलिरहेको छ ? भनेर सोधिएको थियो । सुरुमा त यो प्रश्न सुनेर रोहित ठुलो स्वरमा हाँस्न थाले अनि भने, ‘यस्तो केही होइन । खासै राम्रो कहानी भेटिएको छैन, सँगै काम गर्ने हो भने चेन्नई एक्सप्रेसभन्दा ठुलो हुनुपर्यो नि । सबैभन्दा जरुरी यस्तो विषय पाए भने किन नगर्ने जरुर उनीसँग काम गर्नेछु ।’
- ओटीटीमा रोहित शेट्टीको डेब्यू
यतिबेला रोहित शेट्टी उनको नयाँ वेब सिरिज द इन्डियन पुलिस फोर्सका कारण चर्चामा छन् । यो फिल्म अमेजन प्राइम भिडियोमा जनवरी १९ मा स्ट्रिम भएको छ । यो रोहित शेट्टीको डिजिटल डेब्यू हो ।
‘इन्डियन पुलिस फोर्स’ मा सिद्धार्थ मल्होत्रा, विवेक ओबेरोय र शिल्पा शेट्टीले प्रहरी अधिकृतको भूमिकामा छन् । रोहित शेट्टीले अजय देवगनसँग ‘सिंघम अगेन’ बनाइरहेका छन् । यो फिल्ममा रणवीर सिंह र दीपिका पादुकोण पनि देखिनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण