सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

शाहरुख खान र रोहित शेट्टीबिच मनमुटाव ?

आइतबार, ०७ माघ २०८०, १३ : २७
आइतबार, ०७ माघ २०८०

नयाँ दिल्ली । फिल्म निर्माता रोहित शेट्टी मसालेदार र एक्सन फिल्मका लागि चर्चित छन् । उनको गोलमाल फ्रेन्चाइजी निकै लोकप्रिय छ । यसको चारवटा फिल्म आइसकेको छ । रोहितले अजय देवगनदेखि अक्षय कुमार र शाहरुख खानसम्म सबै फिल्म स्टारहरूसँग काम गरिसकेका छन् । 

यतिबेला एमाजन प्राइममा रोहितको ‘इन्डियन पुलिस फोर्स’ वेबसिरिज स्ट्रिम भइरहेको छ । हालै एक अन्तर्वार्तामा रोहितले शाहरुख खानसँग मनमुटाबको हल्लाबारे आफ्नो मौनता तोडेका थिए ।

रोहितले शाहरुसँग ‘चेन्नई एक्सप्रेस’ बनाएका थिए । सन् २०१३ मा रिलिज भएको यो फिल्म बक्स अफिसमा सुपरहिट साबित भयो । फिल्ममा शाहरुखको हिरोइनका रूपमा दीपिका पादुकोण थिइन् । दुवैले सन् २०१५ मा रिलिज भएको फिल्म ‘दिलवाले’मा पनि सँगै काम गरे । त्यो फिल्मयता शाहरुख र रोहितले फेरि अरू फिल्ममा सँगै काम गरेका छैनन् । यस्तोमा दुईबिचको सम्बन्ध राम्रो नभएको अफवाह चल्नु स्वाभाविक नै हो ।

रोहितले हालै शाहरुखसँग काम गर्न नपाउनुको कारण बताएका छन् । द लल्लनटपसँगको एक अन्तर्वार्तामा रोहितलाई उनी र शाहरुख खानबिच केही मनमुटाव  चलिरहेको छ ? भनेर सोधिएको थियो । सुरुमा त यो प्रश्न सुनेर रोहित ठुलो स्वरमा हाँस्न थाले अनि भने, ‘यस्तो केही होइन । खासै राम्रो कहानी भेटिएको छैन, सँगै काम गर्ने हो भने चेन्नई एक्सप्रेसभन्दा ठुलो हुनुपर्‍यो नि । सबैभन्दा जरुरी यस्तो विषय पाए भने किन नगर्ने जरुर उनीसँग काम गर्नेछु ।’

  • ओटीटीमा रोहित शेट्टीको डेब्यू

यतिबेला रोहित शेट्टी उनको नयाँ वेब सिरिज द इन्डियन पुलिस फोर्सका कारण चर्चामा छन् । यो फिल्म अमेजन प्राइम भिडियोमा जनवरी १९ मा स्ट्रिम भएको छ । यो रोहित शेट्टीको डिजिटल डेब्यू हो । 

‘इन्डियन पुलिस फोर्स’ मा सिद्धार्थ मल्होत्रा, विवेक ओबेरोय र शिल्पा शेट्टीले प्रहरी अधिकृतको भूमिकामा छन् । रोहित शेट्टीले  अजय देवगनसँग ‘सिंघम अगेन’ बनाइरहेका छन् । यो फिल्ममा रणवीर सिंह र दीपिका पादुकोण पनि देखिनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप