प्राण प्रतिष्ठाअघि सुनको जलप लगाइएका रामका मूर्तिको माग उच्च
नयाँ दिल्ली । अयोध्यास्थित राम मन्दिरमा सोमबार प्राण प्रतिष्ठा हुँदै छ । यसको सबै तयारी पूरा भइसकेको छ । कार्यक्रममा सहभागी हुन भारतभरबाट व्यापारी, सेलिब्रेटीहरुसमेत करिब ८ हजार जनालाई बोलाइएको छ ।
कार्यक्रममा मुकेश अम्बानी, गौतम अडानी, रतन टाटा, आनन्द महिन्द्रासम्म आउन सक्ने बताइएको छ । राम मन्दिरको उद्घाटन समारोह भव्य हुने अनुमान गरिएको छ । विमानस्थलमा निजी जेटको पार्किङ पूरै भरिएको छ ।
प्राण प्रतिष्ठाअघि मन्दिरसँग जोडिएका चिजहरूको बजारमा व्यापक बिक्री भइरहेको छ । सुनको जलप लगाइएको मूर्ति र राम मन्दिर आउट अफ स्टक भएका छन् ।
अरूलाई उपहार दिन र घरका मन्दिरमा सजाउनका लागि यस्ता मूर्तिको माग उच्च भएको व्यापारीहरूले बताइरहेका छन् ।
झन्डा, टोपी, टी–शर्ट र राम मन्दिरको आकृति छापिएको कुर्तादेखि महँगा आइटमसमेतको बिक्री भ्याई नभ्याई बनेको छ । मूल्य पनि आकासिएको छ । केही वस्तुको आउट अफ स्टक हुँदा थाइल्यान्डबाट ल्याएर बेच्न थालिएको छ ।
बिजनेस टुडेका अनुसार २२ जनवरीमा अयोध्या विमानस्थलमा १०० ओटा निजी जेट उत्रिनेछन् । उक्त दिन अयोध्यामा मात्रै होइन वाराणसीसम्मकै विमानस्थलमा पार्किङ फुल हुने देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण