सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
कविता

चिसो मौसमका कहानी

आइतबार, ०७ माघ २०८०, १६ : ३७
आइतबार, ०७ माघ २०८०

तराईतिर शीतलहर
छाएको छ हेर ।
तोरी अनि फापर खेती
लहराएको छ हेर ।

जनजीवन चिसोले निकै
प्रभावित पादै
आधा दिनमा सूर्य
देवताको दर्शन पनि गदै ।

त्यो शीत लहरमा पनि
मानिसहरू साइकल कुदाउँदै
आफ्नो आफ्नो गन्तव्यतिर
एकाबिहानै लम्कँदै ।

बिहानै चोक चोकमा
भक्का पाक्दैछ
आफ्नो संस्कृति संस्कारको
झल्को दिँदै छ ।

पहाड पनि अछुत
त कहाँ छ र ?
बिहानीको सिरेटोले
नसताएको कहाँ हो र?

हिमालका टाकुराहरू
हिउँले भरिएका 
बिहानीका घामले हेर
सुनौला रङमा मुस्कुराएका ।

मौसमका पनि हेर
अनेक कहानी
यसरी नै बित्दै जान्छ
हाम्रो जिन्दगानी

चिसो गर्मी फरक
छन् हैन
जीवन बुझाउँछन्
प्रकृतिका अनेक अनेक
पाठ पढाउँछन् ।

तराईतिर शीत लहर
छाएको छ हेर ।
तोरी अनि फापर खेती
लहराएको छ हेर ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुनिता गाइसी
सुनिता गाइसी
लेखकबाट थप