कविता
चिसो मौसमका कहानी
आइतबार, ०७ माघ २०८०, १६ : ३७
तराईतिर शीतलहर
छाएको छ हेर ।
तोरी अनि फापर खेती
लहराएको छ हेर ।
जनजीवन चिसोले निकै
प्रभावित पादै
आधा दिनमा सूर्य
देवताको दर्शन पनि गदै ।
त्यो शीत लहरमा पनि
मानिसहरू साइकल कुदाउँदै
आफ्नो आफ्नो गन्तव्यतिर
एकाबिहानै लम्कँदै ।
बिहानै चोक चोकमा
भक्का पाक्दैछ
आफ्नो संस्कृति संस्कारको
झल्को दिँदै छ ।
पहाड पनि अछुत
त कहाँ छ र ?
बिहानीको सिरेटोले
नसताएको कहाँ हो र?
हिमालका टाकुराहरू
हिउँले भरिएका
बिहानीका घामले हेर
सुनौला रङमा मुस्कुराएका ।
मौसमका पनि हेर
अनेक कहानी
यसरी नै बित्दै जान्छ
हाम्रो जिन्दगानी
चिसो गर्मी फरक
छन् हैन
जीवन बुझाउँछन्
प्रकृतिका अनेक अनेक
पाठ पढाउँछन् ।
तराईतिर शीत लहर
छाएको छ हेर ।
तोरी अनि फापर खेती
लहराएको छ हेर ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण