अमेरिकामा हिम आँधी : मर्नेको सङ्ख्या ८९ पुग्यो
वासिङ्टन डीसी । अमेरिकामा हिमआँधीका कारण ८९ जनाको मृत्यु भएको छ । हिम आँधी र हिउँसँग सम्बन्धित दुर्घटनाहरूमा देशभरमा विगत एक हप्तामा ठुलो जनधनको क्षति भएको छ । अमेरिकाको टेनेसी राज्यमा मात्रै २५ जनाको मृत्यु भएको छ । ओरेगनमा मर्नेको सङ्ख्या १६ पुगेको छ । ती दुवै राज्यमा आपतकाल लगाइएको छ ।
देशभरमा कयौँ स्थानमा दसौँ हजार मानिसहरू माझ बिजुलीको आपूर्ति ठप्प छ । हिउँका कारण खाने पानीका पाइप फुट्दा कयौँ स्थानमा पानीको आपूर्तिमा पनि अवरोध उत्पन्न भएको खबरहरू आइरहेका छन् । यो हप्ताको मध्यसम्म पनि स्थितिमा सुधार नआउने बताइएको छ । पछिल्लो एक हप्तामा विषम मौसमका कारण ८९ जनाको मृत्यु भएको सीबीएसको तथ्याङ्कले देखाएको छ ।
टेनेसी र ओरेगनमा ठुलो सङ्ख्यामा मृत्यु भएको भएपनि इलिनोइस, पेन्सिल्भेनिया, मीसीसीपी, वासिङ्टन, केन्टुकी, विस्कन्सिन, न्यूयोर्क, न्यूजर्जी र अन्यत्र पनि मृत्युका घटनाहरू भएका छन् । गएको बुधवार पोर्टल्यान्डमा शक्तिशाली आँधीका कारण बिजुलीको तार खसेर कारमा झर्दा करेन्ट लागेर एकै स्थानमा ३ जनाको ज्यान गएको थियो ।
सो घटनमा कारभित्र रहेका बालक भने जिउँदै भेटिएको बताइएको छ । मृत्युका अन्य मामिलाहरूमा अनुसन्धान भइरहेको सञ्चारमाध्यामहरुले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण