नक्कली डाक्टरलाई कारबाही गर्न चिकित्सक संघको माग
सोमबार, ०८ माघ २०८०, १७ : ३०
काठमाडौँ । नक्कली डाक्टरको आरोपमा सोमबार पक्राउ परेका सम्बुद्ध भट्टाचार्यलाई कारबाही गर्न नेपाल चिकित्सक संघले माग गरेको छ । नक्कली डाक्टरको आरोपमा काठमाडौँ उपत्यका अनुसन्धान कार्यालयले काठमाडौँको बाँसबारीमा बस्दै आएका भट्टाचार्यलाई पक्राऊ गरेको हो ।
भट्टाचार्य नेपाल चिकित्सक संघको सदस्य नभई नक्कली परिचय पत्र बनाएको प्रति संघको ध्यानाकर्षण भएको बताएको छ । ‘चिकित्सक नभई नक्कली परिचय पत्र बनाएर परिचय पत्रको दुरुपयोग गर्दै सयौँको सङ्ख्यामा उपचारमा संलग्न भएका निजलाई कानुन
बमोजिमको कारबाहीको लागि अघि बढाउन यस संघ जोडदार माग गर्दछ,’ महासचिव डा। सञ्जीव तिवारीले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण