सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

हिमानीसँग मनिषाको अर्थपूर्ण संवाद !

सोमबार, ०८ माघ २०८०, २३ : ०३
सोमबार, ०८ माघ २०८०

काठमाडौँ । अभिनेत्री मनिषा कोइराला र पूर्व युवराज्ञी हिमानी शाहबिच भेटघाट भएको छ । कोइरालाले सामाजिक सञ्जालमार्फत पूर्व युवराज्ञी शाहसँग भेटघाट भएको र अर्थपूर्ण कुराकानी भएको बताएकी छन् ।

शाहको सुन्दर र सरल व्यवहारले धेरैको मन जितेको बताउँदै कोइरालाले भनेकी छन् : ‘हिजो प्रिन्सेस हिमानी शाहसँगको भेटमा अर्थपूर्ण संवाद भयो, उनको सुन्दर र सरल व्यवहारले धेरैको मन जितेको छ ।’

भीएफवाई टिभी सो कार्यक्रमका लागि आइतवार राजधानीको होटल सोल्टीमा भएको भेटवार्तामा मनिषाले हिमानीको राष्ट्रप्रति गहिरो प्रेम रहेको भन्दै प्रसंशा समेत गरेकी छन् ।

उनले भनेकी छन्– ‘राष्ट्रप्रति उनको गहिरो प्रेम हिमानी ट्रष्टमार्फत गरिएका कामबाटै देखिन्छ ।’ कोइरालाले दुइजनाबिच रमाइलो कुराकानी भएको समेत बताएकी छन् ।

manisha
   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप