हिमानीसँग मनिषाको अर्थपूर्ण संवाद !
सोमबार, ०८ माघ २०८०, २३ : ०३
काठमाडौँ । अभिनेत्री मनिषा कोइराला र पूर्व युवराज्ञी हिमानी शाहबिच भेटघाट भएको छ । कोइरालाले सामाजिक सञ्जालमार्फत पूर्व युवराज्ञी शाहसँग भेटघाट भएको र अर्थपूर्ण कुराकानी भएको बताएकी छन् ।
शाहको सुन्दर र सरल व्यवहारले धेरैको मन जितेको बताउँदै कोइरालाले भनेकी छन् : ‘हिजो प्रिन्सेस हिमानी शाहसँगको भेटमा अर्थपूर्ण संवाद भयो, उनको सुन्दर र सरल व्यवहारले धेरैको मन जितेको छ ।’
भीएफवाई टिभी सो कार्यक्रमका लागि आइतवार राजधानीको होटल सोल्टीमा भएको भेटवार्तामा मनिषाले हिमानीको राष्ट्रप्रति गहिरो प्रेम रहेको भन्दै प्रसंशा समेत गरेकी छन् ।
उनले भनेकी छन्– ‘राष्ट्रप्रति उनको गहिरो प्रेम हिमानी ट्रष्टमार्फत गरिएका कामबाटै देखिन्छ ।’ कोइरालाले दुइजनाबिच रमाइलो कुराकानी भएको समेत बताएकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण