मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णालीको समृद्धिलागि व्यावसायिक कृषिलाई जोड दिऔँ : मुख्यमन्त्री शर्मा

मङ्गलबार, ०९ माघ २०८०, ०८ : ३९
मङ्गलबार, ०९ माघ २०८०

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कृषि र वनमा आधारित उद्योगमा आधारित भएर कर्णालीको समृद्धि सम्भव हुने बताएका छन् । कर्णालीमा जल जमिन, जंगल, जडीबुटी पनि रहेको उल्लेख गर्दै शर्माले कृषिलाई व्यावसायिकीकरण गरेर मात्र समृद्धि सम्भव रहेको बताएका हुन् ।

कर्णाली प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय वीरेन्द्रनगर सुर्खेतको दोस्रो त्रैमासिक प्रगति समीक्षा गोष्ठीलाई सम्बोधन गर्दे मुख्यमन्त्री शर्माले कृषि र पशुपालनका क्षेत्रमा गरिने व्यावसायिक प्रयोगले जनताको जीवन स्तर उकास्न सकिने भएकाले कृषि मन्त्रालय र त्यस मातहतको जनशक्तिको योगदान धेरै महत्त्वपूर्ण रहने बताए । उनले भने, ‘यहाँको माटोको अवस्था, वातावरण आदिमा सुहाउँदो कृषि र पशुपालनलाई व्यावसायिक बनाऔँ ।’

मूल्य शृङ्खलामा आधारित भएर कर्णालीमा उत्पादित रैथाने वालिको विस्तार र उत्पादित वस्तुको प्रमाणीकरण मार्फत बजारसम्म पुर्‍याउन पनि सरकारको प्राथमिकता रहेको शर्माको भनाई छ । उनले भने, ‘किसानले उत्पादित गरेको खाद्यवस्तुको बिक्रीको सुनिश्चितता सरकारले गर्छ । उत्पादन बढाऔँ । त्यसका लागि खाद्य कम्पनी सँग सम्झौता समेत गरिएको छ ।’ 

कार्यक्रममा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भीम प्रकाश शर्माले किसानलाई आफ्नो पेसा प्रति निराश हुन नदिने बताए । उनले भने, ‘कर्णाली प्रदेशमा मन्त्रालयले अघि बढाएका कार्यक्रमको नतिजा बिस्तारै देखिँदै गएको छ । यसले निर्यातको दर बढ्ने छ ।’

सरकारले अघि सारेका कार्यक्रमलाई प्रभावकारी कार्यान्वयनका लागि दृढ ईच्छा शक्ति फिल्ड खट्नुपर्ने र किसानलाई हौसला दिने कर्मचारीको भूमिका रहेको शर्माको भनाई छ । 

अर्धवार्षिक प्रगति समीक्षा गोष्ठी गत कार्तिक१७ जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्प परि ज्यान गुमाउनुहुने १५४ जना किसानको सम्झनामा मौनधारण गरि सुरु गरिएको थियो । कर्णाली प्रदेशका १० जिल्लाका कार्यालय प्रमुखहरूको सहभागिता रहेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप