शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अस्ट्रेलियन ओपनको सेमिफाइनलमा पुगिन् १९ वर्षीया कोको

मङ्गलबार, ०९ माघ २०८०, १३ : ३४
मङ्गलबार, ०९ माघ २०८०

काठमाडौँ । चौथो वरीयतामा आसिन अमेरिकी खेलाडी कोका गौफ वर्षको पहिलो ग्रान्डस्लाम टेनिस प्रतियोगिता अस्ट्रेलियन ओपनको सेमिफाइनलमा प्रवेश गरेकी छन् । मेलबर्नमा मंगलबार खेलिएको महिला एकलतर्फको क्वार्टरफाइनल खेलमा १९ वर्षीया कोकोले युक्रेनकी मार्टा कोसयुकलाई हराइन् ।

कोकोले प्रतिस्पर्धात्मक खेलमा मार्टालाई ७–६ (८–६), ६–७ (४–७), ६–२ अंकले हराएकी हुन् । कोकोले यसअघि ग्रान्डस्लाम प्रतियोगिताको उपाधि जितिसकेकी छन् । उनले सन् २०२३ मा यूएस ओपनको उपाधि चुमेकी थिइन् ।

अस्ट्रेलियन ओपनमा भने यो नै उनको उत्कृष्ट प्रदर्शन हो । प्रतियोगिताको सेमिफाइनलमा कोकोले अनुभवी खेलाडी आर्यना साबालेन्का वा बार्बोरा क्रेजिकोभासँग प्रतिस्पर्धा गर्नेछिन् । आर्यना अस्ट्रेलियन ओपनकी साविक विजेता खेलाडी हुन् ।

‘खेलमा उत्कृष्ट पुनरागमन गर्दै नतिजा आफ्नो पक्षमा पार्न सकेकोमा निकै खुसी लागेको छ,’ खेल जितेपछि कोकोले भनेकी छन् । कोकोले मार्टाको खेलको प्रशंसा पनि गरिन् । ‘वास्तवमा आज मार्टाले मलाई गतिलो चुनौती दिइन् । उनलाई हराउन मैले निकै ठुलो सङ्घर्ष गर्नु प-यो,’ उनले भनिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप