अब भिजिट भिसामा विदेश जान स्वघोषणा गर्नुपर्ने
काठमाडौँ । अब भिजिट तथा पर्यटकीय भिसामा विदेश जान स्वघोषणा गरे पुग्ने भएको छ ।
यसअघि जारी भएको गाइडलाइनलाई गृहमन्त्रीस्तरीय निर्णयबाट खारेज गरिदिएको छ । अब भिजिट भिसामा विदेश जानु परेमा अध्यागमन कार्यालयलाई स्व घोषणा गर्नुपर्ने भएको हो ।
युएई, बहराइन, कुतेव, कतार, ओमान र साउदी अरेबियामा भिजिट भिसामा जाँदा स्व घोषणा फारम भर्नुपर्ने भएको हो ।
त्यसका लागि सम्बन्धित देशमा कम्तीमा ५ महिना म्याद भएको राहदानी अनिवार्य हुनुपर्नेछ । त्यस्तै गन्तव्य देशको भिसा हुनुपर्ने, दुईतर्फी हवाई टिकट भएको समेत स्वघोषणा गर्नुपर्नेछ ।
त्यस्तै भ्रमण अवधिभर होटल बुकिङ गरेको प्रमाण वा होटल बुकिङ नभई आफन्तसँग रहने भएमा एकाघरका तीन पुस्ता भित्रको नाता खुल्ने नागरिकता तथा गैरसरकारी संस्थाको निमन्त्रणा पत्र समेत उल्लेख गर्नुपर्नेछ ।
त्यस्तै कम्तीमा ५०० अमेरिकी डलर बराबरको नगद सटही भएको प्रमाण नगद वा डेबिट/क्रेडिट कार्ड) र सो नभएमा सरकारी तथा गैरसरकारी संस्थाको निमन्त्रणापत्र आवश्यक पर्नेछ । भ्रमण बाहेक अन्य क्रियाकलापमा संलग्न हुने छैन भनि समेत घोषणा गरेको हुनुपर्नेछ ।
यसरी स्व घोषणा गरेको खण्डमा ती देशहरूमा जान पाइनेछ । यसअघि गृह मन्त्रालयले सचिवस्तरीय निर्णयबाट २५ फागुन २०७८ मा भिजिट वा पर्यटकीय भिसामा जानका लागि कडा मापदण्ड तय गरेको थियो । उक्त मापदण्ड अहिले खारेज गर्दै नयाँ ६ बुँदे कार्यविधि जारी गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षामा ‘सिएमसी’ उत्कृष्ट
-
एचआइभी एड्स सङ्क्रमितलाई सामाजिक विभेद अझै चुनौती
-
इरानसँग सम्बन्ध रहेको आरोपमा बहराइनमा १५ जना पक्राउ
-
भक्तपुरमा श्रीमानद्वारा श्रीमतीको हत्या
-
ऊर्जा सङ्कटबिच जापानको नवीकरणीय ऊर्जा विस्तारमा जोड
-
१२ बजे १२ समाचार: विरोधी तह लगाउने अस्त्र बन्दै ‘सम्पत्ति शुद्धीकरण’ देखि लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण