कीर्तिमानी २५औँ उपाधितर्फ लम्कँदै सर्बियन टेनिस स्टार जोकोभिच
काठमाडौँ । सर्बियन खेलाडी नोभाक जोकोभिच वर्षको पहिलो ग्रान्डस्लाम टेनिस प्रतियोगिता अस्ट्रेलियन ओपनको सेमिफाइनलमा पुगेका छन् । ३६ वर्षीय जोकोभिच मंगलबार मेलबर्नमा खेलिएको पुरुष एकलतर्फको क्वार्टरफाइनल खेलमा अमेरिकाका टेलर फ्रिट्जलाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेका हुन् ।
अत्यन्तै प्रतिस्पर्धात्मक क्वार्टरफाइनलमा जोकोभिचले टेलरलाई ७–६ (७–३), ४–६, ६–२, ६–३ अंकले पराजित गरे । निकै अनुभवी खेलाडी जोकोभिच कीर्तिमानी २५औँ ग्रान्डस्लाम प्रतियोगिताको उपाधि जित्ने अभियानमा छन् ।
पहिलो वरीयतामा आसिन सर्बियन टेनिस स्टार जोकोभिचले हालसम्म ग्रान्डस्लाम प्रतियोगिताको २४ वटा उपाधि चुमिसकेका छन् । उनले अस्ट्रेलियन ओपनको पुरुष एकलतर्फको उपाधि १० पटक जितिसकेका छन् ।
यसपटक पनि अस्ट्रेलियन ओपनको उपाधि जिते उनले इतिहास रच्नेछन् । यसका अतिरिक्त जोकोभिचले हालसम्म तीनपटक फ्रेन्च ओपन, सातपटक विम्बल्डन र चारपटक यूएस ओपनको उपाधि चुमिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
-
नेपालमा लोकतन्त्र अपहरित भएको छ : केपी ओली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण