आहा रारा गोल्डकप : उद्घाटनमा आयोजकलाई हराएर थ्रीस्टार क्वाटरफाइनलमा
पोखरा । पोखरामा २३ औँ संस्करणको आहा रारा पोखरा गोल्डकप सुरु भएको छ । मंगलबार भएको उद्घाटन खेलमा आयोजक सहारा क्लबलाई पराजित गरी थ्रीस्टार क्लबले विजयी सुरुआत गरेको छ ।
थ्रीस्टारले सहारालाई २–१ गोल अन्तरले पराजित गरेको हो । थ्रीस्टारको जीतमा योगेश गुरुङले एक गोल गरे भने अर्को गोल सहाराका अनिष तामाङले आत्मघाती गरेका हुन् ।
सहाराका लागि आशिषले एक गोल गरेका थिए । खेलको छैटौँ मिनेटमा योगेशको गोलबाट अग्रता लिएको थ्रीस्टारलाई ५९ औँ मिनेटमा सहाराका अनिषले आत्मघाती गोल गरिदिएका थिए । एन्जल महर्जनले ४० यार्ड परबाट प्रहार गरेको फ्रिकिकलाई अनिषले क्लियर गर्न खोज्दा जाली चुमेको थियो ।
सहाराका लागि २३ औँ मिनेटमा आशिषले गोल फर्काए । खेललाई बराबरीमा ल्याएसँगै विपक्षी टिमलाई दबाबमा राखेको आयोजक सम्हालिन नसक्दा पराजित भयो । दुवै टिमले राम्रो अवसर पाएपनि गोल हुन सकेन ।
प्रतियोगिता माघ २० गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको विजेताले १२ लाख १ हजार र उपविजेताले ६ लाख १ हजार पुरस्कार पाउनेछन् । प्रि–क्वाटर विजेता र पराजित दुवै टिमलाई जनही २०/२० हजार, क्वाटरफाइनल विजेता र पराजित दुवै टिमलाई ३०/३० हजार र सेमिफाइनल विजेता र पराजित दुवै टिमलाई ५०/५० हजार रुपैयाँ प्रदान गरिनेछ ।
आयुष सर्वोत्कृष्ट खेलाडी
राष्ट्रिय खेलाडी आयुष घलानलाई सहारा क्लब पोखराले ‘सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान २०८०’ बाट सम्मान गरेको छ । २३ औँ संस्करणको आहा रारा पोखरा गोल्डकपको उद्घाटन अघि घलानलाई सर्वोत्कृष्ट खेलाडीको पुरस्कारबाट सम्मानित गरिएको हो ।
सम्मानसहित घलानले ५० हजार ५ रुपैयाँ प्राप्त गरे । पोखरा उपमहानगरका मेयर धनराज आचार्यले आयुशलाई ताम्रपत्र, अवार्ड सहित सम्मान गरे । राष्ट्रिय फुटबल टिमका प्रभावशाली फुटबलर घलानले यस वर्ष राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फुटबलमा राम्रो प्रभाव छाडेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
-
कर्णालीको नीति तथा कार्यक्रम छलफल : ‘कपीपेस्ट’ आरोपको बचाउमा मुख्यमन्त्री
-
मानव अधिकारका सवालमा ‘दोहोरो मापदण्ड’ अपनाउँदैनाैँ : गगन थापा
-
‘कूटनीतिक रूपमा भारतले रवि लामिछानेलाई निकै महत्त्व दिएको देखिन्छ’
-
गाभिएका मन्त्रालयले असार ७ भित्र ओएन्डएम गरिसक्नुपर्ने
-
गृहले सच्यायो एसएसपी सरुवा, उपत्यका ट्राफिकमा काफ्ले
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण