टेलर स्वीफ्टलाई पिछा गर्ने व्यक्ति पक्राउ
न्यूयोर्क । अमेरिकी गायिका टेलर स्वीफ्टको न्यूयोर्कस्थित निवासमा उनलाई ‘उत्पीडन’ र ‘पिछा’ गरेको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ ।
गायिका स्वीफ्टले प्रहरीमा ‘भावनात्मक रूपमा विचलित पुरुषले अमर्यादित व्यवहार गरेको’ भन्दै उजुरी दिएपछि प्रहरीले सिएटलका ३३ वर्षे डेभिड क्रोवेलाई पक्राउ गरेको हो ।
प्रहरीले डेभिडलाई ‘उत्पीडन’ र ‘पिछा’ गरी दुई मुद्दा दर्ता गराएको छ । यो घटना स्वीफ्टको घर तोडफोडको प्रयास भएपछि सार्वजनिक भएको हो । घर तोडफोड हुँदा गायिका प्रेमी एनएफएल खेलाडी ट्राभिस केल्सलाई समर्थन गर्न गएकी थिइन् ।
ट्राभिसको टिमले कान्सास सिटीका प्रमुखहरूसँग बफेल्लो बिल्स खेलेको थियो । पक्राउ परेका व्यक्तिले उत्पीडन वा पिछा गरेको हो कि होइन भन्ने प्रहरीले पुष्टि गरेको छैन ।
स्वीफ्टको न्यूयोर्कमा रहेको घर र क्यालिफोर्निया तथा रोड आइसल्याण्डमा आफ्नो स्वामित्वमा रहेको घर अज्ञात व्यक्तिको निशानामा परिरहेको छ ।
सन् २०२२ मा ‘ग्रामी अवार्ड’ विजेता गायिकाको न्यूयोर्कस्थित घरमा मदिरापान गरेर गाडी चलाएको र घर भित्र प्रवेश गर्न खोजेको आरोपमा एक जनालाई पक्राउ गरेको थियो ।
त्यस्तै रोजर अल्भाराडो नामका एक व्यक्ति स्वीफ्टको घरभित्र प्रवेश गरेर खाटमा सुतिरहेको अवस्थामा भेटेपछि प्रहरीले उनलाई पक्रेर ६ महिना जेल चलान गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१३ अङ्कले घट्यो सेयर बजार, कारोबार ४ अर्ब ७० करोडमा सीमित
-
मलेसियामाथि नेपालको सानदार जित
-
गाडीमा कर छल्न भन्सारमा चलखेल : रसुवाका ६ जना कर्मचारी तानिए, छानबिन समिति गठन
-
गाजामा पछिल्लो २४ घण्टामा कम्तीमा ११ जनाको मृत्यु, ३२ जना घाइते
-
भुटानी ब्याटरलाई ‘टाइम–आउट’ आउट गराएको घटनामा नेपाल क्रिकेट सङ्घले माग्यो माफी
-
युद्धविराम घोषणाको केही घण्टामै इजरायल र हिजबुल्लाहबिच हानाहान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण