एंगोल र बुर्किना फासो अफ्रिका कपको अन्तिम १६ मा
काठमाडौँ । एंगोला र बुर्किना फासोले अफ्रिका कप अफ नेशन्समा समूह डीबाट अन्तिम १६ मा स्थान पक्का गरेका छन् । समूह चरणको अन्तिम खेलमा एंगोलाले बुर्किना फासोलाई २–० गोल अन्तरको जित निकाल्दै अन्तिम १६ मा शीर्ष २ स्थानमा रहेर प्रवेश गर्न सफल भएको हो ।
अर्को खेलमा मौरिटेनियाले अलजेरियालाई १–० ले पराजित गर्दै ३ अंकमात्रै जोडेपछि बुर्किना फासो ४ अङ्कका साथ अन्तिम १६ मा प्रवेश गर्न सफल भयो । मौरिटेनियाको पनि उत्कृष्ट तेस्रो हुँदै नकआउट चरणमा पुग्ने सम्भावना बाँकी राखेको छ,तर अन्य समूहको नतिजा भने कुर्नु पर्ने छ ।
मंगलबार राति एंगोलाले बुर्किना फासोविरुद्ध ३६ औँ मिनेटमा अग्रता लिएको थियो । क्रिष्टोभा माबुलोले गोल गर्दै अग्रता दिलाएका थिए । एम्बोरसिनी एन्टोनियोलो दोस्रो हाफको अतिरिक्त दोस्रो मिनेटमा गोल गर्दै एंगोलालाई २–० को सहज जित दिलाए ।
यही समूहमा रहेको मौरिटेनियाले अल्जेरियालाई १–० ले स्तब्ध बनाएको छ । मौरिटेनियाका लागि मोहम्मद देलाहीले गरेको ३७ औँ मिनेटमा गरेको एक मात्र गोल नै निर्णायक बन्न पुग्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण