बढ्दो प्रदुषण : तुवाँलोले ढाकियो काठमाडौँ (तस्बिरहरु)
काठमाडौँ । काठमाडौँमा वायु प्रदुषण ह्वात्तै बढेको छ । प्रदुषणका कारण काठमाडौँको वातावरण मुकुसमुकुस बनेको हो । बुधवार बिहान ११ बजे काठमाडौँ विश्वको प्रदूषित शहरको मध्ये पाँचौ नम्वरमा रहेको आइक्यु एअरले देखाएको छ । काठमाडौंको एक्युआई वल्ड ऐर क्वालिटी इन्डेक्स १७० रहेको छ ।
हिउँदे वर्षा समयमा नहुँदा विश्वका विभिन्न क्षेत्रमा वायु गुणस्तरमा सुधार आउन नसकेको बताइएको छ । तथ्यांकअनुसार भारतको दिल्ली सहर वायु प्रदूषणको १ नम्बरमा परेको छ । दिल्लीको हावाको गुणस्तर २ सय ८३ एक्यूआइ देखाएको छ । दोस्रो नम्बरमा पकिस्तानको कराँची छ । यहाँको वायु गुणस्तर २ सय ५९ एक्यूआइ छ । यस्तै क्रमशः भारतको कोलकत्ताको २ सय ५६ एक्यूआइ, बंगलादेशको ढाका २ सय १५ एक्यूआइ मापण गरिएको छ ।
बोस्निया र हेर्जेगोभिनाको सरजेबो सहरको १ सय ७७ एक्यूआइ, म्यानमारको योगनको १ सय ७३ एक्यूआइ, पकिस्तानको लाहोर १ सय ७३ एक्यूआइ, भारतको मुम्बई १ सय ७२ एक्यूआइ र मंगोलियाको उलानबाटरको १ सय ७१ एक्यूआइ मापन गरिएको छ ।
विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार एक्यूआई ३५ भन्दा कम हुनुपर्छ । ५० एक्यूआई सम्मलाई सामान्य मानिन्छ । त्यसभन्दा माथिको गुणस्तर एक्यूआई अस्वस्थकर हुने चिकित्सकको भनाइ छ ।
_aepKYKSJL2.jpg)
_4vu6pyytbc.jpg)
_q8InJm7nS0.jpg)
_izNPmDYYit.jpg)
_WDo6C1hOQC.jpg)
_NNQfQWIqxh.jpg)
_WbtdSyEwPG.jpg)
_q78Fd8iGqh.jpg)
_uhRTAnk81C.jpg)
_Lg6PA3tv5o.jpg)
_yWofD6qg2E.jpg)
_w4ZWsyWFpS.jpg)
_9YxTtxYdTd.jpg)
_gAaQlFCFUN.jpg)
_3VnwyCxQ5L.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण