धनगढी उपमहानगरका मेयर हमालको घरमा कालो झन्डा
बुधबार, १० माघ २०८०, १४ : ३०

धनगढी । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालको घरमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले कालो ब्यानर टाँसेको छ । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले बुधवार मेयर हमालको घरमा कालो ब्यानर र झन्डा टाँसेको हो ।
सोमवार धनगढीमा पत्रकार सम्मेलन गरेको क्रान्तिकारी युवा सङ्गठनले मेयर हमालको घरमा कालो ब्यानर र झन्डा टाँस्ने चेतावनी दिएको थियो । क्रान्तिकारी कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य बाजुरा इन्चार्ज केशव उपाध्यायले उपमहानगरपालिकालाई जनजीविका, जनतन्त्र र जनअधिकारका विषयमा सम्बोधनका लागि हुलाकमार्फत अल्टिमेटम पठाउँदा समेत समाधानतर्फ ध्यान नदिएको भन्दै चेतावनी दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जसपा नेपालको संगठन निर्माण अभियानको समय थप
-
चर्चित उपन्यासकार रुश्दीमाथि सांघातिक हमला गर्नेलाई २५ वर्षको जेल सजाय
-
क्लबमा आक्रमणको आरोप, गायक क्रिस ब्राउन हिरासतमा
-
गलत विचारका आधारमा वाम एकता हुन सक्दैन : प्रधानमन्त्री
-
गाजामा इजरायली आक्रमणमा मर्नेको संख्या २५० नाघ्यो
-
प्ले–अफ चरणमा पुग्न आतुर बेंगलुरु र ‘गर या मर’ को स्थितिमा रहेको कोलकाताको भिडन्त