धनगढी उपमहानगरका मेयर हमालको घरमा कालो झन्डा
बुधबार, १० माघ २०८०, १४ : ३०
धनगढी । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालको घरमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले कालो ब्यानर टाँसेको छ । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले बुधवार मेयर हमालको घरमा कालो ब्यानर र झन्डा टाँसेको हो ।
सोमवार धनगढीमा पत्रकार सम्मेलन गरेको क्रान्तिकारी युवा सङ्गठनले मेयर हमालको घरमा कालो ब्यानर र झन्डा टाँस्ने चेतावनी दिएको थियो । क्रान्तिकारी कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य बाजुरा इन्चार्ज केशव उपाध्यायले उपमहानगरपालिकालाई जनजीविका, जनतन्त्र र जनअधिकारका विषयमा सम्बोधनका लागि हुलाकमार्फत अल्टिमेटम पठाउँदा समेत समाधानतर्फ ध्यान नदिएको भन्दै चेतावनी दिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केन्द्रमा एमाले—नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण