पाकिस्तानविरुद्ध नेपालले ४० ओभरमा ६ विकेट गुमाएर १३७ रन बनायो
काठमाडौँ । दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताको बुधवार खेलिएको पाकिस्तानविरुद्धको खेलमा नेपालले ४० ओभर सकिँदासम्म ६ विकेट गुमाएर एक सय ३७ रन बनाएको छ । नेपालका लागि सातौँ नम्बरका ब्याट्सम्यान दीपक डुम्रे १३ र आठौँ नम्बरका ब्याट्सम्यान दिपेश कँडेल चार रन बनाउँदै क्रिजमा छन् ।
पहिलो विकेटका रुपमा नेपालले ओपनर अर्जुन कुमाललाई गुमाएको थियो । उनी १२ बलमा ६ रन बनाउँदै आउट भएका थिए । उनलाई पाकिस्तानी बलर अहमद हुसैनले बोल्ड गरेका थिए । उनी आउट हुँदा नेपालले ४.२ ओभरमा २९ रन बनाएको थियो ।
दोस्रो विकेटका रुपमा आकाश त्रिपाठी ६ रन बनाउँदै आउट भए । उनले १० बलमा एक चौका प्रहार गरे । उनलाई पनि पाकिस्तानी बलर अहमद हुसैनले अराफत मिनहसद्वारा क्याच गराए । ६.५ ओभरमा आकाश आउट हुँदा नेपालले ४३ रन बनाएको थियो ।
नेपालले तेस्रो विकेटका रुपमा कप्तान कप्तान देब खनाललाई गुमाएको थियो । उनी २३ रन बनाउँदै आउट भएका थिए । उनले ३७ बलको सामना गरी तीन चौका हिर्काए । १७.१ ओभरमा उनी आउट हुँदा नेपालले ८० रन बनाएको थियो । उनलाई अली असफान्दले उबैद शाहद्वारा क्याच गराएका थिए ।
चौथो विकेटका रुपमा नेपालले उत्तम रंगु थापामगर १५ बलमा चार रन बनाउँदै आउट भएका थिए । विकेटकिपर ब्याट्सम्यान उत्तमलाई पाकिस्तानी बलर अराफात मिनहसले अली असफान्दद्वारा क्याच गराएका थिए । २१औँ ओभरको अन्तिम बलमा उनी आउट हुँदा नेपालले ८५ रन बनाएको थियो ।
पाँचौँ विकेटका रुपमा नेपालले ओपनर ब्याट्सम्यान बिपिन रावललाई गुमाएको थियो । उनी ३९ रन बनाउँदै पेभेलियन फर्किए । उनले ६८ बलको सामना गरी एक छक्का र चार चौका पनि हिर्काएका थिए । उनलाई पाकिस्तानी बलर अराफात मिनहसले अली असफान्दद्वारा क्याच गराएका थिए । उनी आउट हुँदा नेपालले २६.४ ओभरमा ९६ रन बनाएको थियो ।
नेपालले छैटौँ विकेटका रुपमा गुलसन झालाई गुमाएको थियो । उनी ४७ बलमा १८ रन बनाउँदै पेभेलियन फर्किएका थिए । उनलाई पाकिस्तानी बलर खुबैब खलिलले अराफात मिनहसद्वारा क्याच गराएका थिए । ३७.२ ओभरमा उनी आउट हुँदा नेपालले एक सय २७ रन बनाएको थियो ।
नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको हो । जारी प्रतियोगितामा नेपालको यो दोस्रो खेल हो । यसअघि खेलिएको आफ्नो पहिलो खेलमा नेपाली टोली न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको थियो । यू–१९ विश्वकप ५० ओभरको प्रतियोगिता हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण