कोपा डेल रेबाट बाहिरियो बार्सा
सान मेम्स । एथ्लेटिक बिल्बाओसँग पराजित हुँदै बार्सिलोना कोपा डेल रेबाट बाहिरिएको छ । बुधबार राति भएको क्वार्टरफाइनल खेलमा बार्सा २–४ गोलले पराजित भएको हो ।
खेलमा गोर्का गुरुजेटाले खेलको पहिलो मिनेटमा नै बिल्बाओलाई अग्रता दिलाएका थिए । तर, रोबर्ट लेवान्डोस्की र लामिन यामालले गोल गरेपछि पहिलो हाफको अन्त्यसम्ममा बार्सिलोनाले खेलमा अग्रता लियो । १६ वर्षीय यामाल प्रतियोगिताको सबैभन्दा कान्छो गोलकर्ता पनि बनेका छन् ।
दोस्रो हाफको सुरुवातमा नै बिल्बाओले ओइहान सान्चेटको गोलमा बराबरी गोल फर्कायो । त्यसपछि निर्धारित समयमा कुनै गोल हुन सकेन र खेल अतिरिक्त समयमा पुग्यो ।
अतिरिक्त समयमा इनाकी विलियम्स र निको विलियम्सले गोल गर्दै बिल्बाओलाई जीत दिलाए । खेलमा ज्याभीको टोलीले नियन्त्रण बनाए पनि विपक्षीको पोस्टमा भने बिल्बाओले निरन्तर आक्रमण गरेको थियो । टोलीले बार्साको पोस्टमा २७ पटक प्रहार गरेको थियो ।
योसँगै पछिल्ला १५ प्रतियोगितामा १० वटा उपाधि जित्ने बार्सिलोना र रियल मड्रिड नै यो सिजन प्रतियोगिताबाट बाहिरिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण