इलाम गोल्डकप : आयोजकलाई हराउँदै एनआरटी फाइनलमा
विराटनगर । न्युरोड टिम (एनआरटी) इलाम सदरमुकामको ठूलो टुँडिखेलमा जारी इलाम गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुग्न सफल बनेको छ । प्रतियोगिताअन्तर्गत बुधबार भएको पहिलो सेमिफाइनलमा आयोजक रेडहर्स फुटबल क्लबलाई हराउँदै एनआरटी उपाधिनजिक पुगेको हो ।
सडन डेथमा एनआरटीले रेडहर्स क्लबलाई हराउँदै फाइनलमा स्थान पक्का गरेको थियो । खेलको निर्धारित समयमा १–१ गोलको बराबरी भएको थियो । त्यसपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । त्यसमा पनि बराबरी भएपछि खेल सडन डेथका आधारमा छिनोफानो गरिएको हो ।
पहिलो हाफमा इलामका तर्फबाट नवयुग श्रेष्ठले गोल गरेका थिए । दोस्रो हाफमा एनआरटीका विदेशी खेलाडीले गोल गरेपछि खेल बराबरीमा पुगेको थियो । खेलको म्यान अफ दि म्याच एनआरटीका विदेशी खेलाडी थेभ्स पिसो घोषित भए ।
बिहीबार अन्तिम सेमिफाइल खेलमा पाँचथर फुटबल क्लब र झापाको बिर्तामोड फुटबल क्लबले प्रतिस्पर्धा गर्नेछन् । माघ १३ गते हुने फाइनलमा विजयी हुने टिमले पाँच लाख रुपैयाँ र उपविजेताले तीन लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण