इलाम गोल्डकप : आयोजकलाई हराउँदै एनआरटी फाइनलमा

विराटनगर । न्युरोड टिम (एनआरटी) इलाम सदरमुकामको ठूलो टुँडिखेलमा जारी इलाम गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुग्न सफल बनेको छ । प्रतियोगिताअन्तर्गत बुधबार भएको पहिलो सेमिफाइनलमा आयोजक रेडहर्स फुटबल क्लबलाई हराउँदै एनआरटी उपाधिनजिक पुगेको हो ।
सडन डेथमा एनआरटीले रेडहर्स क्लबलाई हराउँदै फाइनलमा स्थान पक्का गरेको थियो । खेलको निर्धारित समयमा १–१ गोलको बराबरी भएको थियो । त्यसपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । त्यसमा पनि बराबरी भएपछि खेल सडन डेथका आधारमा छिनोफानो गरिएको हो ।
पहिलो हाफमा इलामका तर्फबाट नवयुग श्रेष्ठले गोल गरेका थिए । दोस्रो हाफमा एनआरटीका विदेशी खेलाडीले गोल गरेपछि खेल बराबरीमा पुगेको थियो । खेलको म्यान अफ दि म्याच एनआरटीका विदेशी खेलाडी थेभ्स पिसो घोषित भए ।
बिहीबार अन्तिम सेमिफाइल खेलमा पाँचथर फुटबल क्लब र झापाको बिर्तामोड फुटबल क्लबले प्रतिस्पर्धा गर्नेछन् । माघ १३ गते हुने फाइनलमा विजयी हुने टिमले पाँच लाख रुपैयाँ र उपविजेताले तीन लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हेटौँडामा ‘प्रदेश स्पोर्टस अवार्ड’ : ८ विधाका १२ जना पुरस्कृत हुने
-
नेपालका पूर्वी र मध्य क्षेत्रमा एकैपटक गयो बिजुली, के हाे कारण ?
-
निर्मला पन्त प्रकरण : पत्रकार खेम भण्डारीलाई एक महिना कैद, एक लाख क्षतिपूर्तिको सजाय
-
काठमाडौँबाट माइक्रो बस चोरी, धादिङबाट समातिए
-
‘यो संविधानले मध्यम वर्गको समेत रक्षा गर्न सकेको छैन’
-
कांग्रेस महामन्त्री सगरमाथा आरोहण गर्दै