एमसी मेरी कोमले लिइन् बक्सिङबाट संन्यास
नयाँ दिल्ली । बक्सिङमा छ पटक विश्व च्याम्पियन भएकी एमसी मेरी कोम (मंगते चुङनेइजाङ मेरी कोम)ले बक्सिङबाट संन्यास लिएकी छन् । बुधबार राति एक कार्यक्रमको आयोजना गर्दै उनले यस्तो घोषणा गरेका हुन् ।
मेरी कोमले आफ्नो अन्तिम खेल २०२२ को कमनवेल्थ गेम्सको ट्रायलका क्रममा खेलेकी थिइन्। उनले भनिन्, ‘मैले आफ्नो जीवनमा सबै कुरा हासिल गरेकी छु। मसँग अझै प्रतिस्पर्धा गर्ने भोक छ, तर अन्तर्राष्ट्रिय बक्सिङ महासंघको नियमले मलाई त्यसो गर्न अनुमति दिँदैन। वास्तवमा, पुरुष र महिला बक्सरहरूलाई ४० वर्षको उमेरसम्म मात्र लड्न अनुमति दिइएको छ, त्यसैले म अहिले कुनै पनि ठुलो प्रतियोगितामा भाग लिन सक्दिनँ।’
४१ वर्षीया मेरी कोमले २०१२ लन्डन ओलम्पिकमा भारतका लागि कांस्य पदक जितेकी थिइन् । उनी ६ पटक विश्व च्याम्पियनसमेत भइन् । मेरी कोम यस्तो गर्ने एक मात्र महिला बक्सर हुन्। यसबाहेक उनी ५ पटक एसियाली च्याम्पियनसिप जित्ने एक्लो खेलाडी पनि हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण