'मोदिबेनी'बाट फिल्ममा कमब्याक गर्दै रेजिना
काठमाडौँ। करिब ९ वर्षपछि अभिनेत्री रेजिना उप्रेतीले फिल्ममा कमब्याक गर्ने भएकी छन् । शङ्कर कोइरालाको निर्देशन रहने फिल्म 'मोदिबेनी'बाट उनले फिल्ममा कमब्याक गर्न लागेकी हुन् । उनी पछिल्लो फिल्म 'वरदान'मा देखिएकी थिइन् ।
हाल कार्यशालामा रहेको यस फिल्मबाट अभिनेताको रूपमा अमर प्रताप श्रेष्ठले डेब्यु गर्दैछन् । ओजस थियटरमा दुई वटा नाटकमा प्रमुख भूमिकामा अभिनय गरेका श्रेष्ठले केही विज्ञापन तथा 'प्रितको रित' नामक वेब सिरिज अभिनय गरेका छन् । केसीकाे उप्रेतीसँग जोडी हुनेछ ।
अभिनेता सरोज खनालको समेत मुख्य भूमिका रहने फिल्ममा अमर, सरोज, रेजिनाकाे अलवा केकी अधिकारी, दिलीप रायमाझी, कमलमणि नेपाल, जीवन भट्टराई, सरोज अर्याल, अनामिका लामिछाने, स्नेह भट्टराई, लाबिस लगायतको अभिनय रहनेछ ।
डिनेस्ट इन्टरटेनमेन्टको प्रस्तुतिमा बन्ने यो फिल्म आनन्द विक्रम क्षेत्रीले लेखेका हुन् । दिलीप के.सी. निर्माता र हरि श्रेष्ठ सह-निर्माता रहेको फिल्म करिब पैँतिस-चालिस वर्ष पहिले र हालको कथालाई मिश्रण गरी बनाइन लागिएको हो । फिल्मको कथा पर्वत जिल्लाको मोदिबेनी क्षेत्रको हो । जसको छायाङ्कन माघ १६ गतेदेखि सुरु हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण