अन्तर्राष्ट्रिय सहकार्य बढाउँदै गण्डकी विश्वविद्यालय

गण्डकी । स्थापनाको छोटो समयमा नै गण्डकी विश्वविद्यालयले विश्वका विभिन्न प्राज्ञिक संस्थासँग सम्बन्ध विस्तार गरेको छ । विश्वविद्यालयले विश्वव्यापी साझेदारीलाई बढावा दिन विश्वभरका २८ प्रतिष्ठित विश्वविद्यालय र संस्थासँग समझदारीपत्रमा हस्ताक्षर गरेको छ ।
विभिन्न १२ देशका सम्मानित संस्थाहरूसँग सहकार्य गरी विभिन्न परियोजनाहरू र शैक्षिक कार्यक्रमहरूको विकास गर्ने प्रतिबद्धता विश्वविद्यालयले गरेको विश्वविद्यालयका रजिष्ट्रार डा.कैलाश तिमिल्सिनाले जानकारी दिए ।
अमेरिकाको क्यालिफोर्निया स्टेट युनिभर्सिटी,युनिभर्सिटी अफ सेन्ट्रल मिसौरी, र विलियम एण्ड मेरी तथा बेलायतको रोयल होलोवे, युनिभर्सिटीअफ लन्डनका साथै कोरियाको इन्हा विश्वविद्यालय र येउङ्नाम विश्वविद्यालयलगायत विश्वप्रख्यात विश्वविद्यालयहरूसँग यस बिचमा साझेदारी गरिसकिएको उनले बताए ।
टर्कीको ओन्डोकुज मेइस विश्वविद्यालय, फिलिपिन्सको सेन्ट्रल लुजोन स्टेट युनिभर्सिटी, थाइल्याण्डको माथेरथ विश्वविद्यालय र भारतको दीन दयाल उपाध्याय गोरखपुर विश्वविद्यालयसँग सम्झौता गरिएको उनले बताए । गण्डकी विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्षेत्रमा सहकार्य थप फराकिलो हुँदै गएको बताउँदै उनले अनुसन्धान, पाठ्यक्रम विकास, विद्यार्थी आदानप्रदान कार्यक्रमहरू र क्रेडिट ट्रान्सफर जस्ता विषय सम्झौतामा संलग्न रहेको बताए ।
गण्डकी विश्वविद्यालय, विआइटी कार्यक्रमको पाठ्यक्रम र युनिभर्सिटी अफ सेन्ट्रल मिसौरीको आईटी कार्यक्रमका पाठ्यक्रमहरू एक अर्कासँग समायोजन गरि क्रेडिट ट्रान्सफर गर्न सकिने सम्झौता गरिएको छ ।
अमेरिकी विश्वविद्यालयहरूसँगको सम्झौताले गण्डकी विश्वविद्यालयबाट उत्तिर्ण हुने विद्यार्थीका लागि छात्रवृत्तिको र इन–स्टेट ट्युसनफीको अवसर प्रदान गरेको जनाइएको छ ।
रोस्किल्ड विश्वविद्यालय, डेनमार्कको नेतृत्वमा र डेनिस स्वतन्त्र अनुसन्धान परिषद्को सहयोगको गोग्रीन अनुसन्धान परियोजनामा गण्डकी विश्वविद्यालयले प्रतिनिधित्व जनाउँदै आएको छ । गोग्रीन अनुसन्धान परियोजना विश्वभरका २८ देशका अनुसन्धान साझेदारहरूसँगै गरिने परियोजना हो ।
विश्वविद्यालयले विलियमर मेरीसँग सिमसार संरक्षण र सामुदायिक सशक्तिकरण तथा हिप्सुंग विश्वविद्यालयसँग आइटी व्यावसायिक शिक्षा र यूनिभर्सिटी अफ इस्टर्न फिनल्याण्डसँग प्राकृतिक रेशामा आधारित हस्तकला क्षेत्रको विकासका लागि प्रभावकारी परियोजना साझेदारी गर्ने तयारी गरेको विश्वविद्यालयको अन्तराष्ट्रिय सम्बन्ध तथा विकास मामिला शाखाका प्रमुख रवि भण्डारीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघीय संसद्को दुवै बैठक बस्दै : सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल
-
सुनाखरी मध्यवर्ती सामुदायिक ‘होमस्टे’मा पहुना आकर्षित हुँदा व्यवसायी उत्साहित
-
२ सय पटक सर्पले टोकेपछि मान्छेको रगतमै बन्यो एन्टिभेनम
-
जेलेन्स्कीले भने- दबाब बिना रुसले युक्रेनसँगको युद्ध अन्त्य गर्दैन
-
ट्र्याक खुलेको १४ वर्षपछि दरवाङ–बिम–दिच्याम सडक स्तरोन्नति
-
यातायात व्यवस्था कार्यालयद्वारा ८२ करोडभन्दा बढी राजस्व सङ्कलन