सूर्य नेपाल इस्टर्न ओपनको दोस्रो दिन पनि शुक्रको अग्रता कायमै
काठमाडौँ । धरानमा जारी सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गतको तेस्रो प्रतियोगिता सूर्य नेपाल इस्टर्न ओपनको दोस्रो दिन बिहीबार पनि नेपालका नम्बर एक गल्फर शुक्रबहादुर राई आफ्नो अग्रता कायमै राखेका छन् ।
प्रतियोगिताको दोस्रो दिन उनले एक ओभर ७१ स्कोर गरे । उनले समग्रमा दुई अन्डर एक सय ३८ अङ्कसहित निरज तामाङलाई एक स्ट्रोकले पछि पारेका छन् । धरान गल्फ क्लबमा जारी प्रतियोगितामा साविक विजेता शुक्रलाई कडा चुनौती दिँदै निरजले एक ओभर ७१ मा दोस्रो दिनको खेल टुङ्ग्याए ।
निरजले समग्रमा एक अन्डर एक सय ३९ स्कोर गरेका छन् । पूर्वनम्बर एक प्रो भुवन नगरकोटीले दुई ओभर ७२ अङ्कसहित समग्रमा दुई ओभर एक सय ४२ को स्कोर तयार पारेका छन् । उनी तेस्रो स्थानमा उक्लिए । उनी एमेच्योर गल्फर युवराज भुजेलसँगै संयुक्त रूपमा तेस्रो स्थानमा छन् ।
समग्रमा चार ओभर एक सय ४४ को स्कोरमा रवि खड्का, राजेन राई र भुवनकुमार रोक्काले संयुक्त रूपमा चौथो स्थान बाँडे । तीनै खेलाडीले बिहीबार एक अन्डर ६९ को स्कोर कार्ड बनाए । समग्रमा ६ ओभर एक सय ४६ अङ्कसहित धनबहादुर थापा र रामे मगर संयुक्त रूपमा सातौँ स्थानमा रहे ।
धनले बिहीबार दुई ओभर ७२ र रामेले पाँच ओभर ७५ मा खेल टुङ्ग्याए । सञ्जय लामा, सूर्यप्रसाद शर्मा र दीपक मगरले समग्रमा सात ओभर एक सय ४७ स्कोर गर्दा संयुक्त रूपमा नवौँ स्थानमा रहेका छन् । सञ्जय र सूर्यले बिहीबार दुई ओभर ७२ मा खेला टुङ्ग्याए । दीपकले भने चार ओभर ७४ को नतिजा निकाले ।
हालसम्म ३६ होलको समाप्तिमा १४ ओभर एक सय ५४ स्कोर गर्ने २१ प्रो र पाँच एमेच्योरले कट बनाउँदै अन्तिम १८ होलको प्रतिस्पर्धामा स्थान सुरक्षित गरेका छन् । प्रोहरू देउराज पाख्रिन, सबिन सापकोटा, दिनेश प्रजापति, बलभद्र राई, जयराम श्रेष्ठ, प्रदीप कुमार लामा, रमेश अधिकारी, पशुपति शर्मा, दलबहादुर लामा र सुमन सापकोटाले कट बनाएका छन् ।
एमेच्योरतर्फ युवराज भुजेल शीर्ष स्थानमा रहेका छन् । उनले बिहीबार तीन ओभर ७३ मा खेल टुङ्ग्याए पनि समग्रमा दुई ओभर एक सय ४२ को स्कोरमा गजेन्द्र गुरुङलाई तीन स्ट्रोकले पछि पारे । समग्रमा पाँच ओभर एक सय ४५ स्कोर गरेका गजेन्द्रले दोस्रो दिनको खेल एक ओभर ७१ मा पुरा गरे ।
कुल ८ लाख ४० हजार नगद पुरस्कार राशि रहेको उक्त प्रतियोगिताको विजेताले एक लाख ४० हजार, दोस्रोले ९६ हजार र तेस्रो हुने खेलाडीले ७२ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । साथै उत्कृष्ट २१ मा पर्न सफल प्रो गल्फरले पनि नगद पुरस्कार हात पार्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण