स्वास्थ्यमा समस्या आएपछि अल्लूको पुष्पा–२ को रिलिज धकेलिने
काठमाडौँ । यस वर्ष रिलिज हुन लागेको दुई दक्षिण भारतीय चलचित्र अल्लू अर्जुनको ‘पुष्पा–२’ र जुनियर एनटीआरको ‘देवारा’ का लागि दर्शकहरूले केही थप समय पर्खनुपर्ने भएको छ ।
पुष्पा–२ का निर्माताहरुले चलचित्रको रिलिज मिति १५ अगस्त २०२४ तय गरेका थिए भने देवाराका लागि ५ अप्रिलको मिति तय गरिएको थियो । तर अहिले दुवै चलचित्र निर्धारित समयमा रिलिज नहुने भएका छन् ।
सुपरस्टार अल्लू अर्जुन लामो समयदेखि पुष्पा–२ को सुटिङमा जुटेका थिए । तर, स्वास्थ्यमा समस्या आएपछि उनले सुटिङबाट ब्रेक लिएका छन् । अल्लूले कहिलेदेखि पुनः सुटिङ सुरु गर्छन् भन्ने यकिन भएको छैन । तर, यसले चलचित्रको पोस्ट प्रोडक्सनमा असर पर्ने बताइएको छ ।
यता देवारामा भैराका भूमिका निभाइरहेका बलिउड अभिनेता सैफ अली खानले हालै शल्यक्रिया गरेका छन् । उनी अस्पतालबाट डिस्चार्ज भइसकेका छन् भने हाल ब्रेकमा रहेका छन् । यसले चलचित्रको सुटिङमा असर पर्ने बताइएपनि उनले यसअघि नै आफ्नो हिस्साको सुटिङ पूरा गरिसकेको जानकारी दिइएको छ ।
तर चलचित्रको भीएफएक्स र संगीतका कारण केही ढिलाइ भइरहेको कुरा छ । यसले चलचित्रको रिलिज गर्ने मितिमा असर पर्ने देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण