उमाको गीतमा सीमान्तको अभिनय
शुक्रबार, १२ माघ २०८०, १० : ४४
काठमाडौँ । गायिका उमा श्रेष्ठको स्वर रहेको नयाँ गीत ‘के भुल गरेथे र मैले’ सार्वजनिक भएको छ । अर्जुन थेबेको शब्द र देवराज आले मगरको सङ्गीत रहेको गीतमा विशाल निरौलाको सङ्गीत संयोजन छ ।
गीतको भिडियो समेत बनेको छ । जसमा अभिनेता सीमान्त उदास र गायिका उमा श्रेष्ठको अभिनय देख्न सकिन्छ । एक दम्पतीको सन्तान नहुँदाको पारिवारिक तनाव भिडियोले कथाको रूपमा उठाएको छ ।
कमल एक्चै मगरको निर्देशन रहेको भिडियोमा चक्र महर्जनको छायाङ्कन र निर्देशक मगरकै सम्पादन छ । भिडियो गायिका उमा श्रेष्ठको अफिसियल च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा पारिवारिक विवादले लियो श्रीमान्–श्रीमतीकाे ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण