उमाको गीतमा सीमान्तको अभिनय
शुक्रबार, १२ माघ २०८०, १० : ४४

काठमाडौँ । गायिका उमा श्रेष्ठको स्वर रहेको नयाँ गीत ‘के भुल गरेथे र मैले’ सार्वजनिक भएको छ । अर्जुन थेबेको शब्द र देवराज आले मगरको सङ्गीत रहेको गीतमा विशाल निरौलाको सङ्गीत संयोजन छ ।
गीतको भिडियो समेत बनेको छ । जसमा अभिनेता सीमान्त उदास र गायिका उमा श्रेष्ठको अभिनय देख्न सकिन्छ । एक दम्पतीको सन्तान नहुँदाको पारिवारिक तनाव भिडियोले कथाको रूपमा उठाएको छ ।
कमल एक्चै मगरको निर्देशन रहेको भिडियोमा चक्र महर्जनको छायाङ्कन र निर्देशक मगरकै सम्पादन छ । भिडियो गायिका उमा श्रेष्ठको अफिसियल च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनेरास्ववियुमा अध्यक्षदेखि महासचिवसम्ममा नाम प्रस्ताव भएपछि बन्दसत्रमा नाराबाजी
-
कसैमाथि अभियोग लाग्नासाथ राक्षसजस्तो ठान्नु हुँदैन : बास्कोटा
-
‘मिरमिरे’मा प्रकाश सपुतको इन्ट्री
-
कृषाको निर्देशनमा 'जहाजैमा' निर्माण हुने
-
कोशी प्रदेशबाटै पूर्वी एसियातर्फ फर्कियो मनसुन
-
बैंकिङ कसुरमा २० लाख जरिवाना ठहर भएका प्रतिवादी पक्राउ