केन्द्रीय परिषद् बैठकअघि एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । शुक्रबार दिउँसो २ बजेका लागि सचिवालय बैठक बोलाइएको उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । नेता खतिवडाका अनुसार माघ १४ र १४ मा बस्ने केन्द्रीय परिषद् बैठकमा पेस गर्ने विधान संशोधन मस्यौदामाथि छलफल हुनेछ ।
‘जिल्ला तहबाट विधान संशोधन मस्यौदामाथि आएका सुझावहरू कति र कसरी समेट्ने भन्नेबारेमा सामान्य छलफल हो । आजको सचिवालयले अरू खासै ठुलो निर्णय केही गर्दैन’, खतिवडाको भनाइ छ ।
सो पार्टीले माघ १४ गतेबाट विधान संशोधनका लागि केन्द्रीय परिषद् बैठक बोलाएको छ । देशभरका करिब १५ सय प्रतिनिधि सहभागी हुने परिषद् बैठकले प्रस्तावित पार्टी विधानको मस्यौदालाई थप परिष्कृत पार्ने सो पार्टीका नेताहरूले बताएका छन् ।
‘केन्द्रीय परिषद् बैठकले पारित गरेको विधान आगामी जेठमा हुने राष्ट्रिय महाधिवेशनले अनुमोदन गरेर कार्यान्वयनमा जान्छ’, नेता खतिवडाको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्व एसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण