क्रिकेट
आईसीसी यू–१९ विश्वकप : अफगानिस्तानविरुद्ध नेपालले पहिले बलिङ गर्ने
शुक्रबार, १२ माघ २०८०, १३ : ४४
काठमाडौँ । दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप क्रिकेटको अफगानिस्तानविरुद्धको आफ्नो तेस्रो खेलमा नेपालले पहिले बलिङ गर्ने भएको छ । उक्त खेलमा अफगानिस्तानले टस जिती पहिले ब्याटिङ गर्ने निर्णय लिएको हो ।
यो खेलमा नेपाल र अफगानिस्तान दुबै टोली जित्नै पर्ने दबाबमा छन् । समूह ‘डी’ बाट पाकिस्तान र न्युजिल्यान्ड ‘सुपर सिक्स’ चरणमा पुग्ने निश्चित भइसकेकाले पनि नेपाल र अफगानिस्तान दबाबमा परेका हुन् ।
शुक्रबारको खेलमा विजयी हुने टोली समूह ‘डी’ बाट तेस्रो हुँदै ‘सुपर सिक्स’ चरणमा प्रवेश गर्नेछ । नेपाल र अफगानिस्तान दुबैले यसअघि दुई–दुई हार ब्यहोरिसकेका छन् । नेट रन रेटमा भने अफगानिस्तानभन्दा नेपाल अगाडि छ । नेपालको नेट रन रेट –०.८०० र अफगानिस्तानको नेट रन रेट –२.८६० रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण