सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

आइफोनमा अब प्रतिस्पर्धी एप स्टोर पनि

शुक्रबार, १२ माघ २०८०, १४ : २५
शुक्रबार, १२ माघ २०८०

काठमाडौँ । अमेरिकी आइफोन निर्माता कम्पनी एप्पलको बहुचर्चित प्रडक्ट आइफोनको सफलतामा यसको एप स्टोरको मुख्य हात रहेको धेरै जसो मानिसहरुरू सोच्ने गर्छन् । एप स्टोर नभएको भए आइफोन पनि स्मार्ट बन्न खोजिरहेका अरु कुनै दिक्क लाग्दो फोन जस्तै हुन्थ्यो होला । तर कम्पनीको एप स्टोरमार्फत एपहरूमा सहज पहुँचले गर्दा सबै कुरा सजिलो भयो । 

अहिलेसम्म पनि एप डाउनलोड गर्न प्रयोगकर्ताहरूले एप्पलको प्रोपराइटरी स्टोरकै भर छ । तर युरोपमा स्थिति फेरिँदैछ । यूरोपेली संघ (ईयू)मा आईओएस युजरहरूले तेस्रो पक्षीय एप स्टोर डाउनलोड गर्न सक्ने भएका छन् । 

गएको बिहीबार अपडेट भएको आईओएस १७.४ ले यसलाई सम्भव बनाउनेछ । एप्पलले यो भर्जनलाई मार्चमा फोनमा पठाउनेछ । यो परिवर्तन  सन् २००८ मा एप्पलले पहिलो पटक एप स्टोरमा अपडेट गरेयताको सबैभन्दा ठूलो अपडेट हो । 

युजरहरूले फोनमा आईओएस १७.४ अपडेट गरेपछि एप्पलले सम्झौता गरेको र अनुमति दिएको वैकल्पिक एप स्टोर डाउनलोड गर्न पाउनेछन् । फोनमा थर्ड पार्टी एपलाई डिफल्ट एप स्टोरको रुपमा राख्न पनि एप्पलले दिनेछ । युजरले आफ्नो डिफल्ट पेमेन्ट सर्भिस पनि रोज्न पाउनेछन् । एप्पलले यस्तो गर्नुको कारण ईयूले सन् २०२२ मा ल्याएको डिजिटल बजार ऐन हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप