आइफोनमा अब प्रतिस्पर्धी एप स्टोर पनि
काठमाडौँ । अमेरिकी आइफोन निर्माता कम्पनी एप्पलको बहुचर्चित प्रडक्ट आइफोनको सफलतामा यसको एप स्टोरको मुख्य हात रहेको धेरै जसो मानिसहरुरू सोच्ने गर्छन् । एप स्टोर नभएको भए आइफोन पनि स्मार्ट बन्न खोजिरहेका अरु कुनै दिक्क लाग्दो फोन जस्तै हुन्थ्यो होला । तर कम्पनीको एप स्टोरमार्फत एपहरूमा सहज पहुँचले गर्दा सबै कुरा सजिलो भयो ।
अहिलेसम्म पनि एप डाउनलोड गर्न प्रयोगकर्ताहरूले एप्पलको प्रोपराइटरी स्टोरकै भर छ । तर युरोपमा स्थिति फेरिँदैछ । यूरोपेली संघ (ईयू)मा आईओएस युजरहरूले तेस्रो पक्षीय एप स्टोर डाउनलोड गर्न सक्ने भएका छन् ।
गएको बिहीबार अपडेट भएको आईओएस १७.४ ले यसलाई सम्भव बनाउनेछ । एप्पलले यो भर्जनलाई मार्चमा फोनमा पठाउनेछ । यो परिवर्तन सन् २००८ मा एप्पलले पहिलो पटक एप स्टोरमा अपडेट गरेयताको सबैभन्दा ठूलो अपडेट हो ।
युजरहरूले फोनमा आईओएस १७.४ अपडेट गरेपछि एप्पलले सम्झौता गरेको र अनुमति दिएको वैकल्पिक एप स्टोर डाउनलोड गर्न पाउनेछन् । फोनमा थर्ड पार्टी एपलाई डिफल्ट एप स्टोरको रुपमा राख्न पनि एप्पलले दिनेछ । युजरले आफ्नो डिफल्ट पेमेन्ट सर्भिस पनि रोज्न पाउनेछन् । एप्पलले यस्तो गर्नुको कारण ईयूले सन् २०२२ मा ल्याएको डिजिटल बजार ऐन हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किसोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण