अडानी समूहले बेच्यो दुई कम्पनी
नयाँ दिल्ली । भारतीय अर्बपति व्यापारी गौतम अडानीको व्यापारिक समूह अडानी ग्रुपले २ ओटा कम्पनी बेचेको छ । समूहले आफ्नो पूर्ण स्वामित्वमा रहेको २ सहायक कम्पनीको सबै शेयर बेचेको हो ।
एविसेडा इन्फ्रा पार्क (एआईपीएल) र इनोभेट बिल्डवेल प्रा. लि. (आईबीपीएल) किन्नका लागि अडानी समूहकै कम्पनी अडानीकनेक्स प्रा.लि.सँग सम्झौता भएको बताइएको छ । यो सम्झौता ५ अर्ब ४० करोड भारुमा भएको हो । स्टक एक्सचेञ्जमा समूहले पेस गरेको फाइलिङका अनुसार १९० करोड भारुमा एआईपीएल र ३५० करोड भारुमा आईबीपीएल बेच्ने सहमति भएको छ ।
अडानीकनेक्स प्रा.लि. अडानी इन्टरप्राइजेजको प्रमोटर समूहको कम्पनी हो । अडानी कनेक्स र एजकनेक्सको यसमा बराबरी स्वामित्व छ । यसले विश्व स्तरमा डेटा सेन्टर विकास गर्नेलगायत काम गर्छ । लेनदेनको प्रक्रिया पूरा भएपछि सन् २०२४ को मार्चसम्ममा सम्झौता पूरा हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण