त्रिभुवन विमानस्थल
अध्यागमनमा भएको कुटपिटबारे छानबिन गर्न समिति गठन
शुक्रबार, १२ माघ २०८०, १९ : ४०
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयमा भएको कुटपिटबारे छानबिन गर्न समिति गठन गरिएको छ ।
शुक्रबार अध्यागमनका कर्मचारी र प्रहरीबिच कुटपिट भएको घटना सार्वजनिक भएको थियो ।
गृह मन्त्रालयले सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा छानबिन समिति गठन गरेको हो । समितिमा प्रहरीका प्रहरी नायब महानिरीक्षक राजेशनाथ बास्तोला र सीमा तथा अध्यागमन प्रशासन शाखाका उपसचिव कुल बहादुर जि.सी. सदस्य छन् ।
घटनाबारे मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको गृह प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । छानबिन समितिलाई ३ दिनमा प्रतिवेदन बुझाउन भनिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण