त्रिभुवन विमानस्थल
अध्यागमनमा भएको कुटपिटबारे छानबिन गर्न समिति गठन
शुक्रबार, १२ माघ २०८०, १९ : ४०
_5PtyHjBoXS.jpg)
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयमा भएको कुटपिटबारे छानबिन गर्न समिति गठन गरिएको छ ।
शुक्रबार अध्यागमनका कर्मचारी र प्रहरीबिच कुटपिट भएको घटना सार्वजनिक भएको थियो ।
गृह मन्त्रालयले सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा छानबिन समिति गठन गरेको हो । समितिमा प्रहरीका प्रहरी नायब महानिरीक्षक राजेशनाथ बास्तोला र सीमा तथा अध्यागमन प्रशासन शाखाका उपसचिव कुल बहादुर जि.सी. सदस्य छन् ।
घटनाबारे मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको गृह प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । छानबिन समितिलाई ३ दिनमा प्रतिवेदन बुझाउन भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुनीसहित चार वायु थप सक्रिय, आज यी पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना
-
जलविद्युत् आयोजनाका कारण तातोपानी कुण्ड सङ्कटमा
-
पश्चिम नवलपरासीमा श्रावणी महामहोत्सवको तयारी सुरु
-
ज्योति भण्डारीलाई प्रहरीले कम्बोडियाबाट ल्यायो काठमाडौँ
-
१० बजे १० समाचार : अदालतबाट राजुलाई राहत, कुलिङ पिरियडले किचलो
-
११ महिनामा बागमती सरकारको बजेट कार्यान्वयन ५० प्रतिशत पनि पुगेन