बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

भिमफेदी गाउँपालिकाले श्रमिकहरुलाई सामाजिक सुरक्षा कोषमा सहभागी गरायो

शनिबार, १३ माघ २०८०, १३ : ४६
शनिबार, १३ माघ २०८०

हेटौंडा । मकवानपुरको भिमफेदी गाउँपालिकाले अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकहरुलाई सामाजिक सुरक्षा कोषमा सहभागी गराएको छ ।  

संघीय संसदका सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्यतामा शनिबार एक समारोहबिच गाउँपालिकाले औपचारिक रुपमा अनौपचारिक क्षेत्रमा रहेका श्रमिकलाई कोषमा सहभागी गराएको हो । 

गाउँपालिकाले चालु आर्थिक वर्षमा १०० जना कृषि, घरेलु उद्योग र यातायात क्षेत्रमा कार्यरत श्रमिकलाई कोषमा आबद्ध गराएको छ । 

संविधानले मौलिक हकको रुपमा प्रत्येक नागरिकलाई सामाजिक सुरक्षा सम्बन्धी व्यवस्था गरेको र गाउँपालिकाले उक्त कार्य गरेको गाउँपालिकाका उपाध्यक्ष सञ्जीव श्रेष्ठले जानकारी दिए । गाउँपालिकाले नागरिकको सामाजिक सुरक्षा सम्बन्धी संवैधानिक हकको संरक्षण गर्नका लागि योगदानमा आधारित सामाजिक सुरक्षा योजना प्रारम्भ गरेको उनले बताए । 

सामाजिक सुरक्षा सम्बन्धी संवैधानिक हकलाई सुनिश्चित गर्न योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ ले औपचारिक र अनौपचारिक क्षेत्रका श्रमिक तथा स्वरोजगारमा रहेका व्यक्तिलाई सामाजिक सुरक्षा योजनामा आबद्ध गराउन सक्ने व्यवस्था अनुरुप गाउँपालिकाभित्रका श्रमिकहरुलाई कोषमा सहभागी गराइएको उनको भनाई छ ।

गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०र०८१ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत योगदानमा आधारित सामाजिक सुरक्षा योजनाका लागि १३ लाख बजेट विनियोजन गरिएको उपाध्यक्ष श्रेष्ठले बताए । 

उक्त योजनाअन्तर्गत चालू आर्थिक वर्षमा भिमफेदीका १०० जना अनौपचारिक क्षेत्रका श्रमिकहरुलाई कोषमा आबद्ध गराएको उनले बताए । 

सरकारले भौतिक क्षेत्रका लागि तोकेको न्यूनतम आधारभूत पारिश्रमिकको ११ प्रतिशत र गाउँपालिकाको तर्फबाट ९.३७५ प्रतिशत गरी कुल २०.३७ प्रतिशत बराबरको रकम कोषमा जम्मा गरेको उनले बताए ।  

श्रमिकहरुको सामाजिक सुरक्षा योजना सञ्चालन गर्न गाउँपालिका र सामाजिक सुरक्षा कोषबिच श्रावण ३० गते सम्झौता भएको थियो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप