शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौँको खाजा घरमा जुवातास खेलिरहेका १७ जना पक्राउ

शनिबार, १३ माघ २०८०, १५ : ५३
शनिबार, १३ माघ २०८०

काठमाडौँ । जुवातास खेलिरहेको अवस्थामा काठमाडौँमा १७ जना पक्राउ परेका छन् । गोकर्णेश्‍वर नगरपालिका-८ बेशीगाउँस्थित सोलुखुम्बु काकु गाउँपालिका-५ घर भएकी २९ वर्षीया अनु तामाङको सोलुखुम्बु खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा तामाङ समेत १७ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५८ हजार ९ सय ५० रुपैयाँ र ९ बुक ताससहित पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप