यो वर्ष डढेलो लाग्ने सम्भावना बढी
काठमाडौँ । हिउँ र पानी नपरेका कारणले यो वर्ष डढेलो लाग्ने सम्भावना बढेको छ । जाडो मौसममा पानी नपरेको र हिमपात पर्याप्त नहुँदा जमिन सुख्खा हुने भएकाले डढेलो लाग्ने सम्भावना बढेको हो ।
डढेलो मानवीय क्रियाकलाप र प्राकृतिक प्रकोपका कारण लाग्ने गर्छ । यो वर्ष प्राकृतिक कारणले डढेलोका घटना बढी हुने सम्भावना रहेको वातावरण विभागका सिनियर डिभिजनल केमिष्ट दीपक ज्ञवालीले बताए ।
हालसम्म ३० देखि ४० मिलिलिटर पानी पर्नुपर्ने मौसमविद्ले बताएका छन् । तर जलवायु परिवर्तनका कारणले पानी पर्न नसकेको उनले उल्लेख गरेका छन् ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार डिसेम्बर, जनवरी र फेब्रुअरी गरी तीन महिना ‘विन्टर मनसुन’ हो । तर यो वर्ष ‘विन्टर मनसुन’मा पनि झरी पर्न नसकेको महाशाखाका वरिष्ठ मौसमविद् मीनकुमार अर्याल बताउँछन् । डढेलो लाग्ने सम्भावना बढेसँगै यसप्रति सजक रहन वातावरणविद् भूषण तुलाधरले सुझाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण