बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

यो वर्ष डढेलो लाग्ने सम्भावना बढी

शनिबार, १३ माघ २०८०, १६ : ०५
शनिबार, १३ माघ २०८०

काठमाडौँ । हिउँ र पानी नपरेका कारणले यो वर्ष डढेलो लाग्ने सम्भावना बढेको छ । जाडो मौसममा पानी नपरेको र हिमपात पर्याप्त नहुँदा जमिन सुख्खा हुने भएकाले डढेलो लाग्ने सम्भावना बढेको हो । 

डढेलो मानवीय क्रियाकलाप र प्राकृतिक प्रकोपका कारण लाग्ने गर्छ । यो वर्ष प्राकृतिक कारणले डढेलोका घटना बढी हुने सम्भावना रहेको वातावरण विभागका सिनियर डिभिजनल केमिष्ट दीपक ज्ञवालीले बताए ।

हालसम्म ३० देखि ४० मिलिलिटर पानी पर्नुपर्ने मौसमविद्ले बताएका छन् । तर जलवायु परिवर्तनका कारणले पानी पर्न नसकेको उनले उल्लेख गरेका छन् । 

मौसम पूर्वानुमान महाशाखाका अनुसार डिसेम्बर, जनवरी र फेब्रुअरी गरी तीन महिना ‘विन्टर मनसुन’ हो । तर यो वर्ष ‘विन्टर मनसुन’मा पनि झरी पर्न नसकेको महाशाखाका वरिष्ठ मौसमविद् मीनकुमार अर्याल बताउँछन् । डढेलो लाग्ने सम्भावना बढेसँगै यसप्रति सजक रहन वातावरणविद् भूषण तुलाधरले सुझाएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप