बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

अध्यक्ष ओली र चिनियाँ उपमन्त्रीबिच भेटवार्ता

शनिबार, १३ माघ २०८०, १६ : २४
शनिबार, १३ माघ २०८०

काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाल भ्रमणमा रहेको चिनियाँ प्रतिनिधि मण्डलसँग भेट गरेका छन् । भेटका क्रममा एमाले सरकारमा हुँदा भएका सहमति कार्यान्वयनका विषयमा छलफल भएको छ ।

शनिबार चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हायानसँगको शिष्टाचार भेट गर्ने क्रममा सहमति कार्यान्वयनका विषयमा छलफल भएको हो । उपमन्त्री हायान माओवादी केन्द्रको औपचारिक निमन्त्रणमा शुक्रबार नेपाल भ्रमणमा आएकी हुन् । 

ललितपुर, च्यासलस्थित एमाले पार्टी मुख्यालयमा भएको भेटमा नेपाल–चीन सम्बन्ध तथा एमाले र चिनियाँ कम्युनिस्ट पार्टीबिचको सम्बन्धलाई राम्रो बनाउनुपर्दछ भन्ने विषयमा पनि छलफल भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप