शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

जीबी राईविरुद्ध इन्टरपोलबाट डिफ्युजन नोटिस जारी

आइतबार, १४ माघ २०८०, ०८ : ५७
आइतबार, १४ माघ २०८०

काठमाडौँ । पोखरास्थित सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीबी) राई विरुद्ध डिफ्युजन नोटिस जारी  भएको छ । अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल’ मार्फत राई विरुद्ध डिफ्युजन नोटिस जारी भएको कास्कीका एसपी मोहन थापाले रातोपाटीलाई बताए ।

जीबी राई सहित ४ जना विरुद्ध डिफ्युजन जारी गर्न प्रहरी प्रधान कार्यालय स्थित नेशनल सेन्ट्रल ब्यूरो (एनसिबी)मा जिल्ला प्रहरी कार्यालय कास्कीले पुस ५ मा पत्राचार गरेको थियो । अन्य तीनजनाको हकमा डिफ्युजन जारी भएको छैन ।

अदालतमा विचाराधीन मुद्दामा आरोपीलाई पक्राउ गर्न इन्टरपोल मार्फत डिफ्युजन नोटिस जारी गरिन्छ । काठमाडौँ स्थित प्रहरी प्रधान कार्यालयको अनुरोधमा इन्टरपोल महासचिवालयबाट जीबी विरुद्ध नोटिस जारी गरिएको हो ।

नोटिस जारी भएसँगै विश्वका जुनसुकै देशमा भेटिए पनि जीबीलाई इन्टरपोलले पक्राउ गरेर नेपालमा डिपोर्ट गर्न सक्छ । जिल्ला प्रहरी कार्यालय कास्कीले सूर्य दर्शन सहकारीका वर्तमान अध्यक्ष बाग्लुङ्ग घर भएका थान बहादुर बुढामगर, ओखलढुङ्गा घर भएका पूर्व अध्यक्ष भूपेन्द्र राई र पूर्व सदस्य शिव बहादुर गुरुङ विरुद्ध पनि डिफ्युजन जारी गर्न पत्राचार गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप