खुङ्खार भिलेनको रुपमा साउथमा डेब्यू गर्दै छन् बबी देओल
नयाँ दिल्ली । बलिउड अभिनेता बबी देओल दक्षिण भारतीय फिल्म उद्योगमा पाइला टेक्दै छन् । दक्षिणका सुपरस्टार सूर्याको बहु प्रतीक्षित फिल्म ‘कंगुवा’ उनको डेब्यू फिल्म बन्ने भएको छ । देओलको ५५ औँ जन्मदिन पारेर शनिबार फिल्म निर्माताहरुले बबीको पहिलो लुक शेयर गरेका थिए । यो लुकमा बबी निकै डरलाग्दो देखिएका छन् । कंगुवामा बबी उधिरनको रुपमा देखिदैंछन् । फिल्ममा उनले खलपात्रको भूमिका निर्वाह गर्दै छन् ।
फिल्मका हिरो सूर्याले बबीको फष्ट लुक शेयर गर्दै उनलाई जन्मदिनको शुभकामना पनि दिएका थिए । क्याप्शनमा सूर्याले उधिरनलाई निर्दयी, शक्तिशाली, अविस्मरणीय बताएका छन् । कंगुवा स्टूडियो ग्रिनको ब्यानरमा बन्न लागेको हो । यो फिल्मले दर्शकहरूलाई नयाँ खालको अनुभव दिलाउने अनुमान गरिएको छ । अहिले फिल्मको निर्माण तीव्र गतिमा भइरहेको छ ।
सूर्याले फिल्ममा आफ्नो सारा सिनहरूको सुटिङ पूरा गरिसकेको बताइएको छ । यो फिल्ममा सूर्या र देओलको साथमा अभिनेत्री दिशा पटानी पनि रहनेछिन् । फिल्मको निर्देशन शिवले गरेका हुन् । फिल्मको बाँकी स्टारको खुलासा हुन बाँकी छ । फिल्म यो वर्षको पूर्वार्द्धमै रिलिज हुने तयारी भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा वर्षा रोकिएपछि खुल्यो मौसम, तस्बिरहरू
-
सिंहदरबारमा सुरु भयो मन्त्रिपरिषद् बैठक
-
पछिल्लो तीन महिनामा काठमाडौँ जिल्ला अदालतमा ९९ प्रतिशत म्याद तामेली
-
निर्माणाधीन पानी ट्याङ्कीभित्र मृत फेला परेका दुई जनाको पहिचान खुल्यो
-
सांसद अभिषेकप्रतापका नाममा जारी पक्राउ पुर्जी यथास्थितिमा राख्न सर्वाेच्चकाे अन्तरिम आदेश
-
सडकको बिचमै २ फिटको नाला ह्वाङ्ग, दुर्घटनाको जोखिमले स्थानीय आक्रोशित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण