६ महिनामा नेपालीले खाए १० अर्बभन्दा बढीको विदेशी फलफूल
आइतबार, १४ माघ २०८०, १३ : ३४

काठमाडौँ । नेपालीले चालु आर्थिक वर्षमा १० अर्बभन्दा बढीको विदेशी फलफूल खाएका छन् । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको ६ महिनामा नेपालमा १० अर्ब ७३ करोड ३५ लाख ४३ हजार रुपैयाँको फलफूल आयात गरी उपभोग गरिएको हो ।
सोही अवधिमा नेपालबाट ६६ लाख १ हजार रुपैयाँको मात्रै फलफूल निर्यात भएको छ । नेपालले फलफूलमा १० अर्ब ७२ करोड ६९ लाख ४२ हजार व्यापार घाटा बेहोरेको छ । सरकारले फलफूलको कारोबारबाट ३ अर्ब १५ करोड ४४ लाख १० हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।
नेपालमा भारत, चीन लगायत मुलुकबाट फलफूल आयात हुँदै आएको छ भने सोही मुलुकमा केही मात्रामा नेपालबाट फलफूल निर्यात भएको विभागको तथ्याङ्कमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हुलाकी राजमार्ग : ४४ किमी कालोपत्र
-
भेरी नदीको पानी वीरेन्द्रनगरमा ल्याउन ८० करोड खर्च गर्दै कर्णाली सरकार
-
नीति तथा कार्यक्रम कार्यान्वयन चुनौतीपूर्ण छ : सांसद साउद
-
अब स्वास्थ्य बीमाको अनलाइन नवीकरण पेमेन्ट वालेट र कनेक्ट आइपीएसबाट गर्न सकिने
-
प्रदीप र गौरव लिएर नयाँ फिल्म बनाउँदै शर्मिला
-
प्रतिनिधिसभामा सांसदहरूले उठाए भारत–पाकिस्तान तनावको विषय