६ महिनामा नेपालीले खाए १० अर्बभन्दा बढीको विदेशी फलफूल
आइतबार, १४ माघ २०८०, १३ : ३४
काठमाडौँ । नेपालीले चालु आर्थिक वर्षमा १० अर्बभन्दा बढीको विदेशी फलफूल खाएका छन् । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको ६ महिनामा नेपालमा १० अर्ब ७३ करोड ३५ लाख ४३ हजार रुपैयाँको फलफूल आयात गरी उपभोग गरिएको हो ।
सोही अवधिमा नेपालबाट ६६ लाख १ हजार रुपैयाँको मात्रै फलफूल निर्यात भएको छ । नेपालले फलफूलमा १० अर्ब ७२ करोड ६९ लाख ४२ हजार व्यापार घाटा बेहोरेको छ । सरकारले फलफूलको कारोबारबाट ३ अर्ब १५ करोड ४४ लाख १० हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।
नेपालमा भारत, चीन लगायत मुलुकबाट फलफूल आयात हुँदै आएको छ भने सोही मुलुकमा केही मात्रामा नेपालबाट फलफूल निर्यात भएको विभागको तथ्याङ्कमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण