मन्त्री गुरुङको आक्रोश : विनाकारण ममाथि नैतिकताको प्रश्न उठाइयो
काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले आफूमाथि नैतिकताको प्रश्न उठाएको भन्दै सांसदहरूसँग आक्रोश व्यक्त गरेका छन् । आइतबार कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा उनले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलमा भाग लिने सांसदहरूको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उनले सो टिप्पणी गरेका हुन् ।
बैठकमा समितिका सदस्यहरूले सो विधेयक अपराधीहरूलाई प्रश्रय दिने प्रावधानसहित सरकारले सुटुक्क ल्याएको जिकिर गरेका थिए । त्यसको जवाफ दिने क्रममा मन्त्री गुरुङले विनाकारण आफ्नो नैतिकता र नियतमाथि प्रश्न उठाउने काम नगर्न पनि सांसदहरूलाई चेतावनी दिए ।
‘जनताले निर्वाचित गरेर पठाइसकेपछि माननीय सदस्यहरूको कार्यक्षमतामा कसैले पनि प्रश्न उठाउन हुँदैन । मलाई त्यो पनि ज्ञान छ । त्यसैले त्यो ज्ञानलाई नोटिसमा राख्दै निवेदन गर्न चाहन्छु कि यो सुटुक्क पास गर्न खोजिएको रहेछ । कति गम्भीर यो कुरा’ गुरुङले भने, ‘कसैको नैतिकतामाथि प्रश्न उठाउन पाइन्छ सभामुख महोदय ? नैतिक आचरण गलत गरेको भए नैतिकको प्रश्न उठाउनु । तर विनासितीमा कसैको नैतिकतामाथि प्रश्न उठाउन पाइन्छ ? कसैले नियतमाथि प्रश्न उठाउन पाइन्छ र सभापति महोदय ? एकदम नियत खराब राखेर ल्याउने । माननीय सदस्यहरूलाई पनि म प्रश्न गर्न चाहन्छु–यसरी किन बोल्नु हुन्छ ? आफ्नो कुरा राख्न नजानेको, शब्द नपाएको हो भने नेपाली शब्दकोश भण्डारमा थुप्रै शब्दहरू छन् सभापति महोदय ।’
उनले पटक–पटक छलफल गरेर सो विधेयक संसद् र संसदीय समितिमा आउँदा पनि आफूमाथि गलत नियतका साथ किन प्रस्तुत भएको भनी सांसदहरूलाई प्रतिप्रश्न समेत गरे । मन्त्री गुरुङले आफूहरूले सांसदहरूको कार्यक्षमतामाथि प्रश्न नगर्ने भन्दै घुमाउरो भाषामा शब्दकोश अध्ययन गर्न पनि सचेत गराए ।
उनले एकले अर्काको नियतमाथि प्रश्न उठाउँदै जाने कामले केही पनि उपलब्धि नहुने पनि बताए । त्यसक्रममा मन्त्री गुरुङले आफू मन्त्री भए पनि निष्ठामा कहिल्यै पनि नडगमगाउने बताए ।
मन्त्री गुरुङले आफूले मुलुकमा सुशासन स्थापना गर्दै नागरिकलाई सम्पन्न बनाउने लक्ष्य लिएको र त्यसैमा अविचलित भएर अघि बढ्ने पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण