बिहारमा नवौँ पटक मुख्यमन्त्री बने नीतिश कुमार
नयाँ दिल्ली । नीतिश कुमार एक पटक पुनः बिहारका मुख्यमन्त्री बनेका छन् ।
बिहारमा जारी राजनीतिक उथलपुथलबिच आइतबार नीतिशले नवौँ पटक बिहारको मुख्यमन्त्रीको रुपमा शपथ ग्रहण गरेका छन् । योसँगै बिहारमा १७ महिना पुरानो महागठबन्धनको सरकारको अन्त्य भएको छ ।
आइतबार बिहानै उनले राज्यपाललाई भेटेर मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए । राजीनामा लगत्तै नीतिश एनडीए विधायक दलको बैठकमा सामेल भएका थिए । यहीबाट उनी नेता चुनिएका थिए । यसपछि नीतिश फेरि राज्यपाल कहाँ गएर नयाँ सरकार बनाउने दाबी गरे ।
साँझ ५ बजे नीतिश फेरि बिहारको मुख्य मन्त्री बने । नीतिश कुमार आफैँले इन्डिया ब्लक बनाएका थिए । नीतिशको पछिल्लो कमदले उक्त ब्लकलाई ठूलो झट्का लागेको छ ।
नीतिश कुमारको जनता दल यूनाइटेडले भारतीय जनता पार्टीसँग मिलेर सरकार बनाएको हो । शपथ ग्रह समारोहमा बीजेपीका अध्यक्ष जेपी नड्डा, लोक जनशक्ति पार्टी (रामविलासका) नेता चिराग पासवानसमेतका बीजेपीका कयौँ नेताहरुको उपस्थिति रहेको थियो । चिरागले सन् २०२० यता नीतिश कुमारविरुद्ध बयान दिँदै आएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण