माल्दिभ्सको संसदभित्र हात हालाहाल
माले । सुट र टाइमा सजिएका पुरुषहरू, एक अर्कासँग बौलाहा जसरी जुधिरहेका थिए । एकअर्कालाई मुक्का, लात्ता वर्षाइरहेका छन् ।
एक अर्कालाई धकेल्ने, पछार्ने, भुताल्ने काम भइरहेको छ यो कुनै रेशिलङ रिङको दृश्य होइन । यो सबै माल्दिभ्सको संसदभित्रको घटना हो । दुई जना सांसद अर्का सांसदलाई लछार पछार, कपाल लुछालुछ हुन थाल्यो ।
अर्को भिडियोमा भने एक जना सांसद झगडा गरिरहेका सांसदहरुलाई छुट्याउन लागेका जस्तो देखिन्थ्यो । झगडा गरिरहेका सांसदहरु माल्दिभ्स डेमोक्रेटिक पार्टी (एमडीपी)का सांसद इसा र सत्तारुढ दल पीएनसीका सांसद अब्दुल्लाह शाहिम अब्दुल हाकिम थिए ।
राष्ट्रपति मोहम्मद मुइज्जुको मन्त्रिपरिषद्लाई आइतबार संसद्ले अनुमोदन गर्नु थियो । विपक्षी सांसदहरू संसदभित्र पस्न थालेपछि सुरक्षाकर्मीले रोक्न खोजेका थिए । सांसदहरु ह्वारह्वार्ती सांसद भित्र पसे ।
यसपछि विपक्षी सांसदहरूले सभामुखमाथि पक्षपात गरेको आरोप लगाए र बिगुल कान नजिकै फुक्न थाले । सत्तारुढ दलका सांसदहरुले विरोध जनाए । केही समयपछि विवाद झगडामा परिणत भयो ।
आइतबारको यस घटनाका कयौँ भिडियोहरु सामाजिक सञ्जालमा आगो सरी फैलिरहेका छन् । यस घटनामा केही सांसद घाइते पनि भएका थिए । संसदमा सभामुखले पक्षपात गरेको भन्दै उनलाई बर्खास्त गर्नु पर्ने माग समेत केहीले उठाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुन र चाँदीको मूल्य सामान्य घट्यो
-
जातीय विभेद र छुवाछुत अन्त्यका लागि कानुन संशोधन गरिनेछ : मन्त्री वादी
-
नयाँ एआई मोडेल सार्वजनिक हुनुअघि सरकारलाई पहुँच दिन ट्रम्पको कार्यकारी आदेश
-
जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद् प्रतिबद्ध छ : सभामुख अर्याल
-
रोल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
-
स्पेस एक्सको मूल्य १.७५ ट्रिलियन डलर पुगेको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण