माल्दिभ्सको संसदभित्र हात हालाहाल

माले । सुट र टाइमा सजिएका पुरुषहरू, एक अर्कासँग बौलाहा जसरी जुधिरहेका थिए । एकअर्कालाई मुक्का, लात्ता वर्षाइरहेका छन् ।
एक अर्कालाई धकेल्ने, पछार्ने, भुताल्ने काम भइरहेको छ यो कुनै रेशिलङ रिङको दृश्य होइन । यो सबै माल्दिभ्सको संसदभित्रको घटना हो । दुई जना सांसद अर्का सांसदलाई लछार पछार, कपाल लुछालुछ हुन थाल्यो ।
अर्को भिडियोमा भने एक जना सांसद झगडा गरिरहेका सांसदहरुलाई छुट्याउन लागेका जस्तो देखिन्थ्यो । झगडा गरिरहेका सांसदहरु माल्दिभ्स डेमोक्रेटिक पार्टी (एमडीपी)का सांसद इसा र सत्तारुढ दल पीएनसीका सांसद अब्दुल्लाह शाहिम अब्दुल हाकिम थिए ।
राष्ट्रपति मोहम्मद मुइज्जुको मन्त्रिपरिषद्लाई आइतबार संसद्ले अनुमोदन गर्नु थियो । विपक्षी सांसदहरू संसदभित्र पस्न थालेपछि सुरक्षाकर्मीले रोक्न खोजेका थिए । सांसदहरु ह्वारह्वार्ती सांसद भित्र पसे ।
यसपछि विपक्षी सांसदहरूले सभामुखमाथि पक्षपात गरेको आरोप लगाए र बिगुल कान नजिकै फुक्न थाले । सत्तारुढ दलका सांसदहरुले विरोध जनाए । केही समयपछि विवाद झगडामा परिणत भयो ।
आइतबारको यस घटनाका कयौँ भिडियोहरु सामाजिक सञ्जालमा आगो सरी फैलिरहेका छन् । यस घटनामा केही सांसद घाइते पनि भएका थिए । संसदमा सभामुखले पक्षपात गरेको भन्दै उनलाई बर्खास्त गर्नु पर्ने माग समेत केहीले उठाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'जब–जब शक्तिले न्यायिक क्रूरता फैलाउँछ, हामी काफ्का सम्झन्छौँ'
-
डोटीमा प्रचण्डको मर्निङ वाक, थपिए विद्यार्थी
-
मदन-आश्रितको स्मरण गर्दै ओली भन्छन्– जबजले लोकतान्त्रिक परिवर्तनलाई सफल बनायो
-
‘पाक समर्थक’ र ‘गद्दार’ भन्दै असममा धमाधम आलोचक र पत्रकार पक्राउ गरिँदै
-
कांग्रेस संसदीय दलको बैठक आज, के-के छन् छलफलका एजेन्डा ?
-
पोखरामा तरबुजा खेतीः चार महिनामा १५ लाख रूपैयाँ आम्दानी